अब संसदकाे गतिराेध अन्त्य हुन्छः कानुनमन्त्री बडु – Naya Bikalpa
March 29, 2024, Friday

अब संसदकाे गतिराेध अन्त्य हुन्छः कानुनमन्त्री बडु

Interview with Nepali Congress lawmaker Dilendra Prasad Badu, in Kathmandu, on Friday , February 22, 2019. Photo: Naresh Krishna Shrestha/THT

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसदमा उठाएको विषयमा सम्वद्ध पक्षको ध्यानाकर्षण भइसकेकोले अब गतिरोध हुने विश्वास व्यक्त गरेका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले बुधबार संसद बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री बडुले धेरै दिन संसदमा गतिरोध नहुने विश्वास व्यक्त गरेका हुन् ।

मन्त्री बडुले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा संसदमा छलफलको विषय बनाउन नहुन भन्दै एमालेको ध्यानाकर्षण गराए । कुनै न्यायिक निकायमा, अदालतमा विचाराधीन रहेको मुद्दालाई छलफलमा ल्याउन गलत भएको भन्दै उहाँहरूको ध्यानाकर्षण भएको छ भन्ने विश्वास लागेको बताए । उनले भने, ‘संसदलाई फलदायी बनाउने र उपयोगी बनाउने, संसद र संसदका मार्फत् आफ्ना विषयहरू जनतासमक्ष राख्ने अवसर उहाँहरूले दिनुहुन्छ हाम्रो त्यो विश्वास छ । यसको अपेक्षा, यसको प्रतीक्षा हामी गरिरहेका छौँ ।’

गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप एमालेले लगाउँदै आएको छ ।

सम्बन्धित समाचार

नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ सँग खेल्दै
नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ सँग खेल्दै
  • २०७८ पुष ७, १६: ४७

काठमाडौं । नेपाल ‘ए’ ले पहिलो टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ‘ए’ सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि...

अनधिकृत सडक बत्तीको लाइन जुनसुकै बेला काट्ने चेतावनी, स्थानीय पालिकाहरु चकित
अनधिकृत सडक बत्तीको लाइन जुनसुकै बेला काट्ने चेतावनी, स्थानीय पालिकाहरु चकित
  • २०७८ पुष ७, १६: ४७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चेतावनी दिदै सडक बत्तीको महसुल तिर्न स्थानीय तहलाई ताकेता गरेको छ । सार्वजनिक सूचना जारी...

भारत– नेपाल शिल्पकला महोत्सव–२०२४ ठमेलमा शुरु
भारत– नेपाल शिल्पकला महोत्सव–२०२४ ठमेलमा शुरु
  • २०७८ पुष ७, १६: ४७

काठमाडौं। राजधानीको ठमेलस्थित छायाँ सेन्टरमा विहीबारबाट भारत–नेपाल शिल्पकला महोत्सव–२०२४ शुरु भएको छ। सो महोत्सवको विहीबार उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या...