५० वर्षपछि सेनाकाे सहयाेगमा दैलेख फर्काइयो ‘सुन्दरी तोप’ – Naya Bikalpa
January 16, 2026, Friday      Epaper

५० वर्षपछि सेनाकाे सहयाेगमा दैलेख फर्काइयो ‘सुन्दरी तोप’

सुर्खेत । ऐतिहासिक स्थल कोतगढीमा रहेको ऐतिहासिक सुन्दरी तोप ५० वर्षपछि फेरि दैलेख लगिएको छ । २०२८ सालमा दैलेखमा रहेको ज्वाला दल गुल्म सरेर सुर्खेत जाने क्रममा झण्डै ३ महिना लगाएर सुर्खेत लगिएको उक्त सुन्दरी तोप फेरि दैलेख लगिएको हो।

नारायण नगरपालिकाको पहल र नेपाली सेनाको सहकार्यमा सुर्खेतमा रहेको नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटरले ऐतिहासिक सुन्दरी तोप दैलेखको नारायण नगरपालिका–१ मा रहेको नेपाली सेनाको इन्द्रदल गुल्ममा ल्याएको हो ।

ट्रकमा तोप बोकेर ल्याउने नेपाली सेनाको टोलीलाई नारायण नगरपालिका र दैलेखका स्थानीय नागरिकहरुले सदरमुकाम मुख्य बजारमा बजागाजासहित स्वागत गरे।

१८४६ सालमा बहादुर शाहको पालामा बनेको उक्त तोप सङ्घीयतापछि दैलेख जिल्लाका राजनीतिक दल, स्थानीय पालिका, नागरिक समाजले दैलेखबाट अन्यत्र लगिएका पुरातात्त्विक सम्पदाहरु जिल्लामा नै ल्याउनुपर्ने माग गर्दै आएका थिए ।

पश्चिम कमान्ड सुर्खेतबाट बुधवार बिहान दैलेख लगिएको ऐतिहासिक सुन्दरी तोपमा ८१ थान गोला भरिएको दैलेखमा रहेको इन्द्रदल गुल्मका गुल्मपति दिनेश लामाले बताए । गढीको पुनःनिर्माणको काम सकिन अझैकेही दिन लाग्ने भएकाले अहिले दैलेखको इन्द्र दल गुल्ममा राखिने सेनाले जनाएको छ ।

सुन्दरी तोपको धार्मिक महत्त्व समेत रहेकाले हरेक वर्ष वडा दशै टीकाको साइतमा तोप पड्काएर सुभारम्भ जनाइने र त्यही अनुसार दशैँको टीका लगाउन सुरु गरिने परम्परा रहि आएको छ । ऐतिहासिक सुन्दरी तोप पुनः दैलेख ल्याएपछि दैलेखमा पर्यटकको आगमन बढ्ने स्थानीयले अपेक्षा गरेका छन् ।

सम्बन्धित समाचार

सुनसरीमा ट्रक दुर्घटना ,५ जनाको मृत्यु
सुनसरीमा ट्रक दुर्घटना ,५ जनाको मृत्यु
  • २०७८ पुष २२, १७: १६

विराटनगर । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको  को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग...

निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने
निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने
  • २०७८ पुष २२, १७: १६

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा...

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु
भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु
  • २०७८ पुष २२, १७: १६

काठमाडौँ ।  भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिन्डर विस्फोटमा परी सल्यानका दुई परिवारका ९ जनाको मृत्यु भएको छ। रोजगारीका लागि...