
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा शनिबार साँझ साइकलबाट गस्तीमा निस्किएका एक जवानको जंगली हात्ती ध्रुवेको आक्रमणबाट मृत्यु भएको छ । गस्तीमा निस्किएका नेपाली सेनाका जवानलाई हात्तीले कुल्चिएको थियो । हात्तीको कुल्चाइबाट घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको बताइएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अभिकारी गणेशप्रसाद तिवारीले साइकलमा गस्ती गइरहेका बेला ध्रुवेले आक्रमण गर्दा उपचारका क्रममा जवानको मृत्यु भएको बताए । ध्रुवे हात्तीले पाँच वर्षअघि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्यान लिएको तिवारी बताएका थिए ।
त्यस्तै पछिल्लो समयमा ध्रुवे आक्रामक बन्न थालेपछि निकुञ्ज नजिक बस्ती भएका र निकुञ्जको बाटो भएर भरतपुर माडी आवतजावत गर्ने नागरिकमा त्रास बढेको स्थानियबासिन्दाको भनाई रहेको छ ।
इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।त्यस्तो षड्यन्त्र प्रतिक्रियावादीहरूले गरिरहेको उनले बताएका...
ललितपूर।गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे मनोनित भएका छन्। बिहीबार कुपन्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले कास्कीका चालिसेलाई प्रवक्ता...