आहा रारा गोल्डकपः पहिलाे सेमिफाइनलमा मछिन्द्र र एपीएफबीच कडा प्रतिस्पर्धा हुँदै – Naya Bikalpa
January 16, 2026, Friday      Epaper

आहा रारा गोल्डकपः पहिलाे सेमिफाइनलमा मछिन्द्र र एपीएफबीच कडा प्रतिस्पर्धा हुँदै

काठमाण्डौ । पोखरा रंगशालामा जारी आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लबबीच हुँदैछ । आजको विजेता टोली आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुग्नेछ ।

आयोजकका अनुसार खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । साविक विजेता संकटा क्लबलाई हराउँदै पहिलो पटक मछिन्द्र क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै, नेपाल एपीएफले बीवाईएससी मिनेसोटा यूएसएलाई हराउँदै अन्तिम चारमा पुगेको हो ।

आजको विजेताले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नु पर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

आयोजकले आजदेखिका सम्पूर्ण खेलहरुमा स्वास्थ्यका मापदण्डको पूर्ण पालनासहित सीमित दर्शकलाई मात्र प्रवेश दिने तयारी गरेको छ ।

प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा कूल १० टोली सहभागी रहेका छन् ।

सम्बन्धित समाचार

ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
  • २०७८ माघ १२, ११: ५०

इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...

ओलीले भने -मुलुक र एमालेविरुद्ध षडयन्त्र हुँदैछ
ओलीले भने -मुलुक र एमालेविरुद्ध षडयन्त्र हुँदैछ
  • २०७८ माघ १२, ११: ५०

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।त्यस्तो षड्यन्त्र प्रतिक्रियावादीहरूले गरिरहेको उनले बताएका...

कांग्रेस प्रवक्तामा चालिसे
कांग्रेस प्रवक्तामा चालिसे
  • २०७८ माघ १२, ११: ५०

ललितपूर।गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे मनोनित भएका छन्। बिहीबार कुपन्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले कास्कीका चालिसेलाई प्रवक्ता...