आहा रारा गोल्डकपः पहिलाे सेमिफाइनलमा मछिन्द्र र एपीएफबीच कडा प्रतिस्पर्धा हुँदै – Naya Bikalpa
April 19, 2024, Friday

आहा रारा गोल्डकपः पहिलाे सेमिफाइनलमा मछिन्द्र र एपीएफबीच कडा प्रतिस्पर्धा हुँदै

काठमाण्डौ । पोखरा रंगशालामा जारी आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लबबीच हुँदैछ । आजको विजेता टोली आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुग्नेछ ।

आयोजकका अनुसार खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । साविक विजेता संकटा क्लबलाई हराउँदै पहिलो पटक मछिन्द्र क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै, नेपाल एपीएफले बीवाईएससी मिनेसोटा यूएसएलाई हराउँदै अन्तिम चारमा पुगेको हो ।

आजको विजेताले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नु पर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

आयोजकले आजदेखिका सम्पूर्ण खेलहरुमा स्वास्थ्यका मापदण्डको पूर्ण पालनासहित सीमित दर्शकलाई मात्र प्रवेश दिने तयारी गरेको छ ।

प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा कूल १० टोली सहभागी रहेका छन् ।

सम्बन्धित समाचार

भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
  • २०७८ माघ १२, ११: ५०

व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु २.८२ करोड...

हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
  • २०७८ माघ १२, ११: ५०

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा यही वैशाख १२ देखि १४...

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
  • २०७८ माघ १२, ११: ५०

काठमाडौं। प्रदेश सरकार गठन गर्ने नाममा गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलापप्रति नेपाली कांग्रेसले घोर आपत्तिजनक...