प्रधानमन्त्री देउवाद्वारा लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

प्रधानमन्त्री देउवाद्वारा लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण

काठमाडौं । माघ १६ अर्थात सहिद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गरेका छन् ।

ज्ञातअज्ञात सहिदहरुप्रति सम्मान व्यक्त गर्दै आइतबार बिहान शान्तिवाटिका रत्नपार्कबाट सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको थियो ।

विहानको प्रभातफेरी कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मीलगायत सम्पूर्णको सहभागीता रहेको काठमाडौं महानगरले जनाएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट अमिक्रोनको संक्रमम बढीरहेको अवस्थामा सरकारले गरेको स्वास्थ्य सुरक्षा मापदण्डहरु पूर्ण रुपमा पालना गर्दै सहिद दिवसको कार्यक्रम औपचारिकतामा सीमित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

नेपालको हरेक राजनीतिक परिवर्तनमा विभिन्न कालखण्डहरुमा वीरगति प्राप्त गर्ने वीर सहिदहरूको स्मरणमा विक्रम संवत् २०१२ देखि काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १०–१६ गते सम्म ‘सहिद सप्ताह’ मनाउने गरिएको छ ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ १६, १२: १६

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ १६, १२: १६

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ माघ १६, १२: १६

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...