ब्याडमिन्टन स्टार दाहाललाई विराटनगरमा स्वागत – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

ब्याडमिन्टन स्टार दाहाललाई विराटनगरमा स्वागत

विराटनगर । बन्जरा एग्रो प्रा.लि.को ब्राण्ड एम्बेस्डर बन्ने सम्झौतामा हस्ताक्षर गर्न आएकाब्याडमिन्टनका स्टार प्रिन्स दाहाललाई विराटनगरमा स्वागत गरिएको छ ।

विराटनगरमा दाहालका साथमा उनका मेनेजर विकास खेतानलगायत थिए । उनलाई बन्जरा एग्रोका संचालक संजय चापागाईले विराटनगर विमानस्थलमा स्वागत गरेका थिए ।

त्यसलगतै दाहाललाई विराटनगरस्थित होटल रत्नाले स्वागत गरेको थियो भने उनी आज विराटनगरको होटल रत्नामै बस्ने कार्यक्रम रहेको छ । भोली १२ बजे बन्जरा एग्रोसँग सम्झौता गर्ने औपचारिक कार्यक्रम सकेर उनी काठमाडौं फर्कने बताइएको छ ।

नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रच्ने खेलाडी हुन् ।

सम्बन्धित समाचार

डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
  • २०७८ माघ १६, १७: ५९

काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।यो जितसँगै ओमानले लिग–२...

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ १६, १७: ५९

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७८ माघ १६, १७: ५९

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...