
काठमाडौं । मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीका कारण रूख ढल्दा च्यापिएर धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरले धनुषा जिल्लाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको चौरमा रहेको रूख ढलुेको जानकारी दिएको छ ।
धनुषाका प्रहरीका एसपी बसन्त रजौरेले विद्यालय प्रांगणमा रहेको रुख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको बताए ।
उनले भने, ‘अचानकको हावाहुरीले मसालाको रुख ढल्दा दुुबै जनाको टाउकोमा चोट लागेको र दुुबै जनाको घटनास्थलमै मृत्य भयो ।’
त्यस्तै यता, जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जिल्लाको बौधीमाई नगरपालिका वडा नं. १ मा इँटाको घर खस्दा च्यापिएर ४५ बर्षीय फुलमतीया देवीको मृत्युसंगै उनले पालेका दुई वटा बाख्रा मरेको हुन् ।
इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।त्यस्तो षड्यन्त्र प्रतिक्रियावादीहरूले गरिरहेको उनले बताएका...
ललितपूर।गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे मनोनित भएका छन्। बिहीबार कुपन्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले कास्कीका चालिसेलाई प्रवक्ता...