प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच भेटवार्ता हुँदै – Naya Bikalpa
January 15, 2026, Thursday      Epaper

प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने भएको छ ।

सोमबार दिउसो ४ बजे प्रधानमन्त्री देउवाको पहमा हुने भएको भेटवार्तामा अमेरिकी सहयोगसम्बन्धि सम्झौता एमसीसी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको हो ।

यसअघि नेकपा एमालेका अध्यक्ष ओलीले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले भेटेका थिए । शिर्ष नेताहरुको आजको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । भेटवार्तामा एमालेका महासचिव शंकर पोखरेलपनि सहभागी हुने ओलीका प्रेस विज्ञ रामशरण बजगाइँले जानकारी दिए ।

सम्बन्धित समाचार

पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
  • २०७८ माघ २३, १५: ०६

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...

नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
  • २०७८ माघ २३, १५: ०६

काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...

ओलीले भने -मुलुक र एमालेविरुद्ध षडयन्त्र हुँदैछ
ओलीले भने -मुलुक र एमालेविरुद्ध षडयन्त्र हुँदैछ
  • २०७८ माघ २३, १५: ०६

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।त्यस्तो षड्यन्त्र प्रतिक्रियावादीहरूले गरिरहेको उनले बताएका...