
काठमाण्डौ । हनुमानढोका दरबारमा रहेको नासल चोक पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त श्रवण गर्नुभएको छ । आइतवार सरस्वती पूजाको दिन आइतबार नासल चोकमा पुगेर राष्ट्रपति भण्डारीले वसन्त श्रवण गर्नु भएको हो । सरस्वती पूजाको अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गर्नुभएको थियो । राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो ।
वसन्त पञ्चमी (सरस्वती पूजा) का दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने प्रचलन रहेको छ । वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालगायतको उपस्थिति रहेको थियो ।
मुलुकै सबैभन्दा लामो इतिहास भएको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यतिबेला कठिन मोडमा उभिएको छ । फागुन २१ गतेका लागि पूर्व...
१.आगामी फागुन २१मा हुने निर्वाचनमा नेपाली कांग्रेसको सक्रिय सहभागिता आवश्यक नेपाली कांग्रेसको दोस्रो महाधिवेशन(२०८२) पुुस २७देखि ३०सम्ममा काठमाडौँको भृकुटी मण्डपमा...
काठमाडौं । विघटित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका चर्चित नेता डा. सुनिल शर्माले पार्टीभित्र देखिएको विवाद विशेष महाधिवेशनमार्फत समाधान हुने...