
काठमाडाैं । काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै सोमबारबाट निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्लाको बैठकले जोरबिजोर प्रणाली हटाएको हो ।
नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागू हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो ।
सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली गत साताबाट हटाए पनि निजी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने सोमबारबाट हटाइएको हो ।
यस्तै, उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले फागुन १ गतेदेखि भौतिकरुपमा कक्षा सञ्चालन गर्न सकिने, १२ वर्ष पूरा भएका बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन दिने तथा १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले नयाँ विकल्पलाई बताए ।
जिल्ला अधिकारी रिजालले डान्सबार, दोहोरी, नाचघर, क्बललगायत रात्रिकालीन व्यवसाय भने फागुन १ गतेदेखि राति १० बजे अगाडिसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको बताए ।
तीन वटै जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण नागरिकलाई अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको छ भने पार्टी प्यालेसहरुमा पूर्ण क्षमताको ५० प्रतिशत अथवा १०० भन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न पाइने जनाएको छ ।
त्यस्तै, बैठकले सबै प्रकारका आमसभा, जुलुस, भेला, सम्मेलन, जात्रा, महोत्सव, हाटबजारलगायत भीडभाड हुने कार्य गर्न नपाउने निर्णय गरेको बताइएको छ ।

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...
धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...
काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...