क्यानडाको राजधानी ओटावामा आपतकाल घोषणा – Naya Bikalpa
January 16, 2026, Friday      Epaper

क्यानडाको राजधानी ओटावामा आपतकाल घोषणा

काठमाडौं । क्यानडाको राजधानी ओटावामा ट्रक चालकको आन्दोलन चर्किँदै गएपछि ओटावाका मेयर जिम वाट्सनले आन्दोलन नियन्त्रणबाहिर जान थालेपछि बाध्य भएर आपतकाल घोषणा गर्नु परेको बताएका छन्।

ट्रक चालकहरुले ध्वनी प्रदूषण हुने गरी ठूलो आवाजमा हर्न तथा साइरन बजाएको र आन्दोलनलाई मेलामा परिणत गरेर असंवेदनशील व्यवहार गरेको आरोप लगाउँदै मेयर वाट्सनले ट्रक चालकको आन्दोलनले ओटावा र ओटावाबासीको सुरक्षामा खतरा उत्पन्न गराएको बताएका हुन् ।

चालकहरुले ट्रक तेर्स्याएर सडक अवरुद्ध पारेका छन्। उनीहरुले कोरोनाविरुद्धको खोप अनिवार्य गर्ने सरकारी नीतिविरुद्ध नाराबाजीसमेत गरेका छन्।

सम्बन्धित समाचार

पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
  • २०७८ माघ २४, १३: ३७

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...

नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
  • २०७८ माघ २४, १३: ३७

काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...

ओलीले भने -मुलुक र एमालेविरुद्ध षडयन्त्र हुँदैछ
ओलीले भने -मुलुक र एमालेविरुद्ध षडयन्त्र हुँदैछ
  • २०७८ माघ २४, १३: ३७

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।त्यस्तो षड्यन्त्र प्रतिक्रियावादीहरूले गरिरहेको उनले बताएका...