एन.पी साउद नेता, नेपाली कांग्रेस

आगामी मंसिर २१ गते हुन गइरहेको दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि दलहरु अहिले आफ्नो पक्षमा भोट तान्न दौडादौड गरिराखेका छन् । यस पटकको निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र वामगठबन्धनबीच हुने भिडन्त रोचक हुने एक पक्षको भनाई छ । यही भिडन्तमा प्रदेश नं. ७ को सुदुरपश्चिमबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता एन.पी. साउदसँग सुदूरपश्चिमको समग्र चुनावी माहोल र कांग्रेसको अवस्थाबारे पत्रकार ऋषि धमलाले नयाँ बिकल्प साप्ताहिकको लागि गर्नुभएको कुराकानीको सम्पादित अशः
प्रदेश नं. ७ को चुनावी माहोल के कस्तो छ ?
प्रदेश नं. ७ मा चुनावी प्रचारप्रसार कार्यक्रम शान्तिपूर्ण ढङ्गले अगाडि बढीरहेको छ । सबै पार्टीका नेताहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । त्यसमा नेपाली कांग्रेसले चुनावी प्रचारको अभियान तीव्र रुपमा सञ्चालन गरिरहेको छ । हाम्रो पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुको भ्रमण गरेर काठमाडौं फर्किनुभएको छ र हाम्रो निर्वाचन प्रचारप्रसार अभियान व्यवस्थित किसिमले अगाडि बढीरहेको छ ।
सुदुरपश्चिमको नं. ७ प्रदेशमा वामगठबन्धनसँग नेपाली कांग्रेसले कसरी प्रतिस्पर्धा गर्दै छ त ?
अहिलेको निर्वाचनलाई कम्युनिष्ट गठबन्धन र लोकतान्त्रिक शक्तिहरु बीचको जनमत संग्रहको रुपमा जनताले लिएका छन् । त्यसकारण कम्युनिष्ट विचारसँग असहमत सबै शक्तिहरु एकै ठाउँमा आएको अवस्था छ । यो निर्वाचनमा दुई वटा संगठनको मत एक ठाउँमा छ तर जनमत अर्कै ठाउँमा छ ।
तर बामपन्थी गठबन्धनसँग प्रतिस्पर्धा गर्न कांग्रेसलाई निकै गाह्रो परेको छ भन्ने चर्चा छ नि ?
वामपन्थी गठबन्धनको सुदुरपश्चिममा त्यस्तो किसिमको प्रभाव छैन । २०४८ सालमा सबै सिट नोपाली कांग्रेसलेनै जितेको हो । २०५६ सालमा पनि जितेको हो र त्यसैगरी २०६० सालमा पनि नेपाली कांग्रेसले जितेको अवस्था हो । त्यसकारण यो कम्युनिष्ट गठबन्धनको स्थिति सुदुरपश्चिममा बलियो छ भन्ने कुरा हल्ला मात्र हो ।
स्थानीय तहको निर्वाचनमा एमाले त पहिलो पार्टी हो नि होइन र ?
प्रदेश नं. ७ मा एक सिटले पहिलो हुन सकेको भएपनि त्यो चुनावमा नेपाली कांग्रेसले एक हप्ता मात्रै प्रचार गर्ने अवसर पाएको थियो । अहिले आएर परिस्थिति बेग्लै छ । अहिले नेपाली कांग्रेस व्यवस्थित किसिमले निर्वाचन प्रचारको अभियानमा लागेको छ । नेपाली कांग्रेस दरिलो किसिमले सशक्त किसिमले अगाडि बढेको छ । अहिले त्यसैले पनि यसपटक स्थानीय तहको भन्दा फरक मत आउँछ ।
प्रधानमन्त्रीको गृह जिल्ला पनि यसपटक कमजोर छ भन्ने चर्चा छ नीे, के यो सत्य हो ?
नेपाली कांग्रेसको कञ्चनपुरमा मात्र नभई सुदुरपश्चिममा नै अवस्था राम्रो छ । कञ्चनपुरमा त म स्पष्ट रुपमा भन्न चाहन्छु, कञ्चनपुरमा हामी सबै अगाडि छौं । नेपाली कांग्रेस प्रत्येक क्षेत्रमा व्यवस्थित किसिमले अगाडि बढीराखेको छ । विगतमा विकास निर्माणको कामहरु पनि धेरै भएका छन्् । जनताको माझमा र नेपाली कांग्रेसले जनसम्र्पकलाई व्यवस्थित गर्ने तरिकाले अगाडि आएको छ । ठूलाठूला विकासका कामहरु महाकाली तेस्रो परियोजना, महाकालीमा चारलेनको पुल त्यसैगरी, अन्य पुल, खानेपानी, शिक्षाको क्षेत्रमा, स्वाथ्यको क्षेत्रमा पनि हरेक पूर्वाधारको क्षेत्रमा विकास भएको छ । सडक, यातायातको विस्तार गर्ने कामहरु भएका छन् । यी धेरै दृष्टिकोणबाट हामी स्पष्ट रुपमा जनताको बीचमा छौं र जनता नेपाली कांग्रेसतिर आकर्षित छ ।
तर विकास र सम्वृद्धिको कुरा गर्दा सुदुरपश्चिममा जति विकास हुन पथ्र्यो त्यति विकास नभएको बताउँन् नि त्यहाँका स्थानीय ?
सुदुरपश्चिम हाम्रा आदरणीय सभापति शेरबहादुर देउवाको पनि गृह प्रदेश हो । सुदुरपश्चिममा तपाईले देख्नुहुनेछ नेपाली कांग्रेस पहिलो शक्ति मात्रै हुने होइन, राम्रो र सशक्त उपस्थितिका साथ सुदुरपश्चिम अगाडि आउनेछ । विकासको कुरा गर्दा मैले अघि नै भनिसके सुदूरपश्चिममा विकासको क्रम अघि बढेको छ । विकास भन्ने कुरा क्रम अनुसार हुन्छ, त्यसैले अब विस्तारै हुन्छ ।
तर बामगठबन्धनले यस पटकको निर्वाचनमा सबैभन्दा बढी सिट जित्छौं भनेर त्यहाँका नेताहरुले भनेका छन् नि ?
दुईवटा पार्टीको संगठन जोडेर मात्रै चुनावमा जित हार हुने होइन । चुनाव जितहार जनमतका आधारमा हुन्छ । जनताले कसको पक्षमा अभिमत राख्छन्, जनताले कुन पार्टीका पक्षमा मतदान गर्छन् त्यो कुरो चाँही निर्वाचनमा महत्वपुर्ण हुन्छ । म के आश्वस्त तुल्याउन चाहन्छु भने कञ्चनपुरमा नेपाली कांग्रेस गाउँगाउँ वस्ती–वस्तीमा भिजेको छ । एउटा जनप्रतिनिधिको नाताले चार वर्षसम्म अहोरात्र खटेर विकासका कामहरु गरेका छौं । जनताको काम गरेका छौं । कञ्चनपुरमा तीनचार सय गुणा बजेट अभिवृद्धि भएको छ । पूर्वाधारको क्षेत्रमा ठूलाठूला कामहरु भएका छन् । मेगा प्रोजेक्टहरु कञ्चनपुरमा आइरहेका छन् ।
सुदुरपश्चिममा विकास भएको कुरा गरीरहँदा गरिबी र सामाजिक विभेद अन्त्य कसरी गर्न सक्नुहुन्छ त ?
अन्याय, अत्याचार, विकृति रोक्नको लागि संविधान छदैँ छ नि । संवैधानिक अस्थिरताको कारणले यो अवस्था सिर्जना भएको थियो । संविधान लेख्ने उत्तरदायित्व दिएर नेपाली कांग्रेसलाई सबैभन्दा पहिलो पार्टीको रुपमा यहाँका जनताले हामीलाई पठाइसकेपछि संविधान लेखनको काम हामीले समयमा पुरा गरेका छौं । हामी संविधान कार्यान्वयनको चरणमा छौं र संविधान कार्यान्वयन भइसकेपछि प्रदेश र संसदको निर्वाचन भइसकेपछि म स्पष्ट रुपमा आग्रह गर्न चाहन्छु कि मुलुकमा शान्ति आउनेछ । मुलुकमा स्थिरता आउनेछ, समृद्धि आउनेछ । शान्ति स्थिरता र समृद्धि सँगसँगै भ्रष्टाचार, गरीबी जस्ता सामाजिक विभेद जस्ता सबै विकृतिको अन्त्य हुनेछ । नेपाल एउटा स्पष्ट दिशामा अगाडि बढ्नेछ ।
सुदुरपश्चिमका जनताको मुहारमा खुशी ल्याउन के गर्नु हुन्छ त ?
जनताको मुहारमा भएको वेदना, दुःख पिडालाई हटाउनको लागि र जनताको मुहारमा खुशी ल्याउनको लागि नै हामीले राजनीति शुरु गरेका हौं । नेपाली कांग्रेसले यँही कुरालाई आत्मसाथ गर्र्दै अगाडि बढेको छ । हामी पूर्ण रुपमा विश्वस्त छौं संविधान कार्यान्वयन सँगै नेपाल सुमृद्धको बाटोमा जाने छ ।
तपाईहरु नेताहरु चुनावपछि गाउँमा टेक्दैनन् भन्ने गुनासो छ नि जनताको ?
म मन्त्री भएको बेलामा त्यहाँको रेकर्ड छ, जसले पनि हेर्नसक्छ । सबैभन्दा बढी जिल्ला जाने मन्त्रीको लिष्टमा पटकपटक मेरो नाम आउँछ । त्यसकारण जिल्लालाई ज्यादा महत्व दिएका छौं । त्यहाँका जनताका आशा अपेक्षा र सम्र्पकको कुरोलाई ध्यानमा राखेर पुरै जनसम्र्पक अभियानमा छौं र विगतको चार वर्ष जनताको माझमा नै बितेको छ ।
काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न...
काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा...
भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको...