विहार सरकार र मधेश प्रदेश सरकारबीच पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल – Naya Bikalpa
June 10, 2026, Wednesday      Epaper

विहार सरकार र मधेश प्रदेश सरकारबीच पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल

काठमाडौं । विहार सरकार र मधेश प्रदेश सरकारबीच पर्यटन प्रवद्र्धनका विषयमा होटल भिसुवा बीरगञ्जमा छलफल भएको छ । भारत स्वतन्त्र भएको ७५ वर्षको अवसरमा भारत सरकारले अगाडी सारेको आजादीका अमृत महोत्सव (भारत २ ठछ) अन्तर्गत मंगलबार वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले पर्यटनका विविध विषयमा छलफल गर्न उक्त कार्यक्रम आयोजना गरेको हो ।

द्विपक्षीय पर्यटन प्रवद्र्धन गरी दुवैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू समाधान गर्ने र यस सम्बन्धमा सरकारी तथा निजी निकायहरूबीचको सम्पर्क कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दूतावासले जानकारी दिएको हो ।
छलफल कार्यक्रममा वक्ताहरुले भारत र नेपालका पर्यटकीय गन्तव्य रामायण, बुद्ध र जैन सर्किटले जोडेको उल्लेख गरेका थिए । मधेस प्रदेश र बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लामा पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने, सीमामा हेल्प डेस्क स्थापना गर्नुपर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुघ्न महताले नेपालमा भारतीय सवारीसाधनबाट असुली हुने सडक कर र अन्य कर असुलीमा सुधार र सहजीकरण गर्ने र छलफलमा उठाईएका विषय र समस्याहरू समाधान गर्न उपयुक्त कदम चाल्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
छलफल कार्यक्रममा भारत र नेपालका तर्फबाट प्रतिनिधिहरुले पर्यटन प्रवद्र्धनका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा प्रदेश सरकारका सचिव, पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी र एनआइडी पर्सा, पूर्वी चम्पारणका जिल्ला अधिकारी, पश्चिम चम्पारणका अतिरिक्त जिल्ला मजिस्ट्रेट, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, होटल तथा टुर अपरेटरका प्रतिनिधि सहभागी थिए ।
छलफलमा भारत र नेपालका तर्फबाट आ–आफ्ना धारणा राखेका थिए । प्रमुख अतिथिका साथ उनका प्रदेश सचिव पनि आउनु भएको थियो ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०७८ चैत्र ९, ११: १७

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०७८ चैत्र ९, ११: १७

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०७८ चैत्र ९, ११: १७

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...