
रसुवा । निर्माणाधीन ७८ मेगावाट क्षमताको सालासुङगी जलविद्युत आयोजनाले क्षति पुर्याएको भन्दै स्थानीयले आयोजनाको काम ठप्प पारेका छन् ।
आमाछोदिङमो गाउँपालिका–५ मा निर्माणाधिन उत्त जलविद्युत आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनको आधारमा काम नगरेको भन्दै काम ठप्प पारेका हुन ।
सालासुङगी वाटर प्रालि र गाउँपालिकाको ५ वडा कार्यालयबीच २० असामा सम्झौता भएको हो तर, सम्झौताविपरीत आयोजना स्थलमार्ग निर्माणका क्रममा वनजंगल विनास गरेको, १० वटा खर्कमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
सडक निर्माणका कारण ठूला ढुंगाले पशु हिँड्ने बाटो नभएको र घाँस पाउने खर्क मासिँदा २७ चौँरी तथा भेडा पालक किसान समस्यामा परेको सोनामनुर्पु तामाङले बताए । माग सम्बोधन नभएपछि स्थानीयले काममा अवरोध गरेको आमाछोदिङमो गाउँपालिका–५ का वडाध्यक्ष टासी छेवाङ तामाङले बताए ।
संझौता अनुसार काम नभएको उनको भनाइ छ । आयोजनाभन्दा ५ सय मिटरमाथि यो आयोजनाको विद्युतगृह निर्माण भइरहेको छ । नेपाली साझेदार सालासुङगी पावरको ८ र चिनियाँ लगानीकर्ता चाइना हार्वड इन्जिनियरिङ कम्पनीको ९२ प्रतिशत लगानी छ ।
केही व्यक्तिले निहीत स्वार्थ पूरा गर्न आयोजनाको काममा अवरोध गरेको सालासुङ्गी पावर प्रालिका विष्णुराज अधिकारीले बताएका छन् ।
काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...
धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...
काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...