काठमाडौं । शुक्रबारसाँझ नगरकोट साह्रै चिसो थियो । मध्यरात छिप्पिएको थियो । काठमाडौंबाट त्यहाँ पुगेका २० जना मोडलले चिसोलाई बेवास्ता गर्दै विभिन्न डिजाइनरको फेसनलाई क्याटवाक गर्दै ¥याम्पमा उतारे ।
बेटल ग्यालेक्सी इभेन्ट म्यानेजमेन्ट कम्पनीले शुक्रबार मध्यरातमा पोखराको हिलसाइट रिसोर्टमा आयोजना गरेको ‘तेस्रो मोडल एन्ड बोटल’ फेसन सो तथा पार्टीमा मोडल जाडोलाई चुनौती दिँदै छोटा कपडामा ¥याम्पमा उत्रिएका हुन् ।
बेलुका ११ बजेबाट सुरु भएको फेसन सोको प्रारम्भमा पिक्चर ब्यान्डका कलाकारसँगै शब्बु शाहीले विभिन्न गीत गाएर दर्शकलाई करिब एक घन्टा मनोरञ्जन दिए । त्यसपछि फेशन शो सुरु भएको हो । फेशन शो नै २ बजे रातीसम्म चलेको थियो ।
नेपाली फेसन डिजाइनर काजल क्रिएसनकी काजल शर्माले तयार गरेको लेहँगा, चोली र पार्टी गाउनबाट त्यो फेसन सो सुरु भएको थियो । काजलले तयार गरेका विभिन्न रङका एक दर्जन डिजाइनमा मोडलहरूले क्याटवाक गरे । त्यसपछिको सिक्वेन्स द लस्ट लाजिम्पाटका डिजाइनरले तयार गरेको वानपिसमय भएको थियो । पार्टीलाई लक्षित गरिएको वानपिसहरू निकै आकर्षक थिए । द लस्टले नै तयार गरेको स्कर्ट, टिसर्ट, सर्ट ड्रेसहरूलाई मोडलले अर्को सिक्वेन्समा फेसन सोमा प्रस्तुत गरे ।
फेसन सोको अन्तिम सिक्वेन्समा पेज थ्रि डिल्ली बजारका डिजाइनरले तयार गरेका जाडो लक्षित फेसन प्रस्तुत गरिएको थियो । गाउन र जमसुनसहित वान पिस र टु पिसका यी डिजाइनहरू क्याजुअल थिए । फेसन सोको कोरियोग्राफी मोडल विनिता ओलीले गरेकी थिइन् । फेसन सोमा नेपाली दर्शकसँगै विदेशी पर्यटकको पनि भिड थियो ।
नेपाली फेसन डिजाइननका डिजाइनलाई प्रवर्धन गर्न मोडल एन्ड बोटल फेसन सो नियमित आयोजना गर्दै आएको बेटल ग्यालेक्सी इभेन्ट म्यानेजमेन्टका अध्यक्ष धिरज तण्डुकारले बताए ।
फेसन सोलाई अग्रज गायक आनन्द कार्कीले संगीतमय बनाए । उनले बनमा फुल्यो फुल‘, ई हल्लाहरू हुन्‘जस्ता विभिन्न गीत प्रस्तुत गरे । गायक भीमसेन लामाले मुसुक्क हाँसिदिँदा‘गाएर दर्शकलाई नचाए । बिहान ३ बजेसम्म चलेको सो फेसन सो तथा सांगीतिक कार्यक्रममा महादेव त्रिपाठीको प्रहसन, सुरजनी केसीको एंकरिङ, दीपा थापामगर, हरिषा बानियाँ र पूजा श्रेष्ठको नृत्यले पनि दर्शकलाई नचायो ।
काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत...
काठमाडौँ । आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’...
काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसनले प्राप्त गरेको छ । निर्माता वसन्त लम्साल र कुवेर...