काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मंसिर २१ गते हुने ४५ वटा जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभानिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।
सरकारले सुरक्षाको समेत बलियो प्रबन्ध गरेको भन्दै उनले ढुक्क भएर मतदान गर्न आग्रह पनि गरेका छन् । ‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आम मतदाताका लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ ।’ निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारलाई लक्षित गरेर घटाइएका घटनाहरुप्रति खेद व्यक्त गरे ।
निर्वाचनको व्यवस्थापकीय काम पनि पूरा भइसकेको उनले बताए । आयोग अहिले २४ सैं घण्टा स्ट्याण्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाई भए समाधान गर्न हामी तयारी अवस्थामा छौं ।’
आयोगका पदाधिकारीहरुले निर्वाचन हुने ४५ वटै जिल्लाको लागि सुक्ष्म अनुगमन गर्ने पन उनले बताए । मतदान सकिए लगत्तै मतपेटिकाहरु केन्द्रमा पुर्याउन कर्मचारीहरुलाई तयारी अवस्थामा राखिएको उनले बताए ।
त्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउने गरी आयोगले निर्देशन दिएको उनले बताए । ‘मतगणना छिटोछरितो गर्नुपर्छ, यहीअनुसार हामीले निर्देशन जारी गरिसकेका छौं ।’ मतगणनामा कुनै अप्रिय घट्नान होस् भनेर निर्वाचन अधिकृतलाई सिसिटीभी राख्न निर्देशन दिइएको छ ।
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...
काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...
वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...