युद्धग्रस्त शहरमा फसेका सबै नागरिकको उद्धार – Naya Bikalpa
June 1, 2023, Thursday

युद्धग्रस्त शहरमा फसेका सबै नागरिकको उद्धार

काठमाडौं । युक्रेनको युद्धग्रस्त शहर मारियुपोल स्टील कारखानामा फसेका सबै नागरिकको उद्धार गरिएको युक्रेन सरकारले दावी गरेको छ ।

युक्रेन र रुसबीचको युद्धमा रुसी सेनाको घेरामा परेको मारियुपोल शहरको स्टील कारखानामा १ हजार बढी नागरिक फसेको बताईएको थियो ।

उद्धार गरिएकामा अधिकांश महिला, बृद्ध बृद्धा र बालबालिका रहेका छन । संयुक्त राष्ट्रसंघ र रेडक्रसको समन्वयमा सुरु भएको उद्धार कार्यमा सयौं सुरक्षाकर्मीको पहराबीच उनीहरुको उद्धार गरिएको हो ।

उद्धार गरिएकाहरूलाई कता लगिएको भन्ने विषयमा भने युक्रेन सरकारले केही बताएको छैन । यसैबीच युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले मारियुपोल स्टीलप्लान्टमा फसेका नागरिकहरुमध्ये अन्तिम समुहका ३ सय जनालाई सुरक्षित स्थानमा लैजान सफल भएको प्रतिक्रिया दिएका छन् ।

सो औद्योगिक क्षेत्र मारियुपोल शहरमा युक्रेनी सेनाको पकडमा रहेको अन्तिम क्षेत्र हो ।

सम्बन्धित समाचार

उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
  • २०७९ बैशाख २५, ०९: ०७

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता
  • २०७९ बैशाख २५, ०९: ०७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...

राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट
  • २०७९ बैशाख २५, ०९: ०७

काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...