उच्च सुरक्षासाथ भारतीय प्रधानमन्त्री लुम्बिनी आउँदै – Naya Bikalpa
April 19, 2024, Friday

उच्च सुरक्षासाथ भारतीय प्रधानमन्त्री लुम्बिनी आउँदै

बुटवल । पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनीमा आउँदै छन् । जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर मोदी लुम्बिनी आउने कार्यक्रम छ । सन् २०१४ मा मोदी लुम्बिनी आउने कार्यक्रम तय भएको थियो तर मुक्तिनाथ पुगेर फर्केका थिए ।

लुम्बिनी आउने भएपछि त्यस क्षेत्रकोे सुरक्षा सतर्कता बताइएको छ । मोदीको सुरक्षामा ३० जना भारतीय स्पेशल प्रोटेक्सन गार्ड बुधबार नै लुम्बिनी पुगिसकेका छन् । भारतीय वायु सेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा उनीहरुको अवतरण भएको थियो ।

नेपाली र भारतीय सुरक्षाकर्मीको टोलीले अहिले संयुक्त गस्ती सुरु गरिसेकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, एसपी रेवीन्द्र रेग्मीले बताए । मोदीको स्वागतका लागि लुम्बिनी विकास कोषले तयारी तीव्र बनाएको छ ।

मोदीलाई लुम्बिनी अवतरणका लागि ४ वटा हेलिप्याडको निर्माण, स्वागतद्वारलगायतका कामहरू अन्तिम चरणमा पुगेको २५६६औं बुद्धजयन्ती मूल समारोहका प्रचार संयोजक सिद्धिचरण भट्टराईले बताए ।

जेठ २ गते बिहान ११ बजे लुम्बिनी आउने कार्यक्रम तय भएकाले उनी दिल्लीबाट कुशीनगर झरेर त्यहाँबाट ४ वटा हेलिकप्टर प्रयोग गरेर सोझै लुम्बिनी आउने कार्यक्रम छ ।

मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने छन् भने मोदीले मायादेवी मन्दिर दर्शन र बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए ।

सम्बन्धित समाचार

जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते
जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते
  • २०७९ बैशाख २९, १२: ५९

सिन्धुपाल्चोक । तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ स्थित...

बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा
बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा
  • २०७९ बैशाख २९, १२: ५९

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी...

बृद्धको जलेर मृत्यु
बृद्धको जलेर मृत्यु
  • २०७९ बैशाख २९, १२: ५९

दाङ । लमही नगरपालिका ९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९ तरुलिया...