धनगढी । डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् ।
जोरायल गाउँपालिका २ को रुवसकाँडामा डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३०१ ०२४ च ९१३८ नम्बरको जीप दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा डडेल्धुराको अमरगढी नगरपालिका ८ बस्ने ६ वर्षीय अंकित भण्डारी, १८ वर्षीय चित्रा ओझा, अमरगढी घर भई धनगढी ५ बस्ने ३२ वर्षीय खगेश्वरी ओझा घाइते भएका छन् ।
यस्तै, चालक अमरगढी नगरपालिका ७ बस्ने २४ वर्षीय मीनबहादुर ऐर र स्कारपीयोमा सवार कैलालीको गौरीगंगा नगरपालिका २२ वर्षीय जीवन चौधरी पनि घाइते भएका छन् ।
कालीकोट । तिलागुफा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शंकरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । दुई हजार ९१६ मत ल्याएर उनी मेयरमा...
भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान भएको छ । कुवेती जजिरा जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले...
दाङ । बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जीसी निर्वाचित भएका छन् ।...