जुम्ला । गुठिचौर गाउँपालिका ३ गज्यांकोटको शंकर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा जेठ १ गते मतदान हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते निर्वाचन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । मतदानस्थलमा ढुंगामुढा भएपछि सर्वदलीय वैठक बसेर निर्वाचन स्थगित गरिएको थियो ।
१००७ मतदात रहेको यो केन्द्रमा ३२० खसेपछि झडप भएको थियो । मतदान केन्द्रमा ढुंगामुडा, हुलदंगासहित मतपत्र च्यातिएपछि मतदान अर्को सूचना नहुँदासम्मका लागि सो केन्द्रमा स्थगित गरिएको गुठिचौर गाउँपालिका निर्वाचन अधिकृत शम्भु गौतमले बताए ।
नयाँ विकल्प, काठमाडौं – काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई ठूलो मतान्तरले...
नयाँ विकल्प,काठमाडौं – ३० वैशाखमा स्थगित भएको सात केन्द्रमा सोमबार मतदान भएको छ । सोमबार धनुकुटाको शहिदभूमि गाउँपालिका ६, सप्तरीको...
नयाँ विकल्प, चितवन – भरतपुर महानगरपालिकामा १६०३३ मतगणना हुँदा नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अ ग्रता कायम गरेकी छन् ।...