May 17, 2022, Tuesday

पालुङटार मेयरमा जसपाको अग्रता

गोरखा । पालुङटार नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । ७०० मत गणना हुँदा जसपाका मेयरका उम्मेदवार प्रेम गुरुङले २५५ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार दीपकबाबु कँडेलले १९१, नेकपा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले १६४ मत पाएका छन् । मेयरमा एमालेका उम्मेदवार हरि भट्टले ४४ मत पाएका छन् ।

पालुङटारमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ । उपमेयरमा नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले १८८ मत पाएकी छन् भने माओवादी केन्द्रकी उपमेयर उम्मेदवार बन्दना पाण्डेले १६९ र एमाले उम्मेदवार पार्वती पाठकले ५२ मत पाएकी छन् ।

सम्बन्धित समाचार

स्थापितलाई ठूलो मतान्तरले पछाडी पार्दै बालेन अगाडि
स्थापितलाई ठूलो मतान्तरले पछाडी पार्दै बालेन अगाडि
  • २०७९ बैशाख ३१, ०९: ३०: ०३

नयाँ विकल्प, काठमाडौं – काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई ठूलो मतान्तरले...

स्थगित भएको सात केन्द्रमा मतदानः निर्वाचन आयोग
स्थगित भएको सात केन्द्रमा मतदानः निर्वाचन आयोग
  • २०७९ बैशाख ३१, ०९: ३०: ०३

नयाँ विकल्प,काठमाडौं – ३० वैशाखमा स्थगित भएको सात केन्द्रमा सोमबार मतदान भएको छ । सोमबार धनुकुटाको शहिदभूमि गाउँपालिका ६, सप्तरीको...

भरतपुर महानगरपालिकामा माओवादी उम्मेदवार दाहालको अग्रता कायम
भरतपुर महानगरपालिकामा माओवादी उम्मेदवार दाहालको अग्रता कायम
  • २०७९ बैशाख ३१, ०९: ३०: ०३

नयाँ विकल्प, चितवन – भरतपुर महानगरपालिकामा १६०३३ मतगणना हुँदा नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अ ग्रता कायम गरेकी छन् ।...