नेपाल अमेरिका ७५ वर्षको सम्बन्ध— प्रजातन्त्रका पक्षमा अरु खँदिलो बन्न सकोस् – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

नेपाल अमेरिका ७५ वर्षको सम्बन्ध— प्रजातन्त्रका पक्षमा अरु खँदिलो बन्न सकोस्

hfd


१. नेपाल र संयुक्त राज्य अमेरिकाका बिचमा स्थापित सम्बन्धको ७५औँ वर्ष सम्पन्न भएको छ । इस्वी सन् १९४७ अप्रिल २५ तारेखमा नेपाल र अमेरिकाका बिचमा दौत्य सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि बेलायत पछि अमेरिका नै दोस्रो देश हो जससँग दौत्य सम्बन्ध स्थापना भएको हो ।
२. जुनबेलामा नेपालले अमेरिकासँग सम्बन्ध स्थापना गरेको थियो, त्योेबेलामा नेपाल आन्तरिकरुपमा प्रजातन्त्रविहीन अवस्थामा थियो । जंगबहादुरले स्थापना गरेको पारिवारिक शासनअन्तर्गत रहे पनि नेपालले अमेरिकासँग सम्बन्ध स्थापना गरेर विश्वमा बेलायतबाहेक अन्य देशहरु पनि छन् भन्ने बारेमा आफूलाई परिचित गराएको देखिन्छ । हुन त अमेरिकासँगको सम्बन्ध गाँस्ने काममा बेलायतको सल्लाह पक्कै थियो होला तर बेलायत पनि भारतबाट जाने हिसाबमा तयारी नै थियो त्यो बेलामा किनभने अगस्टको १५ तारेखमा त भारत स्वतन्त्र भएको घोषणा भयो । केही महिना पहिलेमात्र बेलायतले अमेरिकासँगको सम्बन्ध गाँस्ने कुरामा खासै विरोध गरेन होला र त नेपालले उत्तर अमेरिकाको देशसँग सम्बन्ध स्थापना गर्न भ्याएको थियो ।
३. हुन त अमेरिका स्वयं पनि बेलायती साम्राज्यको उपनिवेशभित्र जकडिएर विद्रोहमार्पmत् स्वतन्त्रता प्राप्त गरेको देश थियो र पनि युरोपबाटै गएका मानिसहरुको वर्चस्व रहेकाले आफ्ना मतभेदहरु हुँदाहुँदै पनि अमेरिकाको सम्बन्ध बेलायतसँग सुमधुर थियो र बेलायतको आधारमा आफूलाई नेपालको शासक बनाउन सफल राणा परिवारले सुदूरपश्चिममा रहेको उत्तर अमेरिकी राज्य संयुक्त राज्य अमेरिकासँग ७५ वर्ष अघि गाँसेको दौत्य सम्बन्ध तर आजसम्म पनि उत्तिकै सुमधुर र एकअर्काका लागि सहयोगी साबित भएकै छ ।
४.आजको विश्वमा अमेरिका एउटा मुख्य शक्तिशाली राष्ट्र हो । हिजोको दिनमा विश्व दुई भागमा बाँडिदा दुई शक्ति राज्यहरुको चेपुवामा विश्वका गरिब तथा विकासोन्मुख देशहरु परेका थिए तर नेपालले भने आफूलाई ती शक्तिको अभ्यासमार्फत् विश्वलाई आफ्ना कब्जामा लिन तम्सेका अमेरिका र सोभियत संघभन्दा अलग तरिकाले असंलग्न देशका रुपमा उभ्याएको थियो ।
प्रजातन्त्रप्रतिको अनपेक्षाले सोभियत संघ आफ्नै आन्तरिक विग्रहमा विघटन भएर पुरानै शैलीको राज्यहरुमा विभाजित भएपछि भने अमेरिका एकशक्ति राष्ट्रको रुपमा देखिएको हो जुन शक्ति सन्तुलनका हिसाबले र आर्थिक चलायमानका हिसाबले पनि आजसमेत अमेरिका नै पहिलो शक्ति राष्ट्र र गरिब तथा विकासोन्मुख देशहरुलाई सहयोग गर्ने दाताको रुपमा देखिएको छ ।
५. अहिलेको युक्रेनमाथिको रुसको हमलाले र गरेको विध्वंशका कारणले अर्को शक्ति राष्ट्र रुसको बदनाम भएको बेलामा अमेरिकाले संयमताका साथ युक्रेनलाई सहयोग गरिरहेको छ र विदेशीहरुलाई युक्रेनमा मानवीय सहयोगका लागि आह्वान पनि गरिरहेको छ । सकेसम्म अमेरिकी सेना नपठाउने , अमेरिकाले हतियार प्रत्यक्ष उपलब्ध नगराउने तर मानवीय सहायताको पक्षमा उभिएर मानव अधिकार र प्रजातन्त्रका पक्षमा अमेरिकाले आफूलाई यसरी सतीसालको रुपमा उभ्याएको छ कि यसभन्दा पहिले अमेरिकाले प्रजातन्त्र र मानव अधिकारको पक्षमा बोल्दैन कि भन्ने आशंका अब निर्मूल भएको देखिन्छ ।
६. हामी नेपाल जस्ता सुदूर पूर्वमा रहेका देशहरुका लागि अमेरिकाले सदैव प्रजातन्त्रका पक्षमा नेतृत्व लिइरहोस् भन्ने छ । खासगरी नेपालमा एउटा भ्रम के देखिन्छ भने अमेरिका साम्राज्यवादी देश हो , त्यसैले त्यसको विरोध गर्नुपर्छ । तर त्यो भनाइ नेपालीको मुखबाट बोलिएको देखिए पनि अमेरिकासँग प्रतिस्पर्धा हुने र अमेरिकालाई शत्रुतापूर्ण व्यवहार गर्ने अन्य देशहरुको बोली सापट लिएको प्रत्यक्ष देखिन्छ । अमेरिकाले प्रजातन्त्रको पक्षमा सदैव लागोस् र विश्वका शोषित , पीडित जनताहरुको पक्षमा बोलोस् भन्ने हाम्रो चाहना छँदैछ ।
७. हामी नेपाली प्रजातन्त्रवादी हौँ । प्रजातन्त्रका पक्षमा हामीहरुले सधैँ बोलेका छौँ, आन्दोलन गरेका छौँ र निरंकुशता विरुद्ध जुनसुकै त्याग गर्न पनि पछि परेका छैनौँ । हामी चाहन्छौँ , संसारका प्रजातन्त्र र प्रजातन्त्रवादीहरुको नेतृत्व अमेरिकाले लिनैपर्छ किनभने अहिलेको दशकमा प्रजातन्त्रलाई बदनाम गरेर अराजकता निम्त्याएर जनतालाई अधिकारविहीन गराउने अनि प्रजातन्त्रको बदनाम गराउने तत्वका विरुद्ध लड्ने शक्तिहरु तथा
व्यक्तिहरुको सहयोगमा अमेरिकाले खुलेर लाग्नु पर्ने देखिन्छ ।
८. नेपाल र अमेरिकाका बिचमा ७५ वर्षको समयमा सधैँ सुमधुर सम्बन्ध रह्यो र नेपालमा औलो उन्मूलन र पूर्वाधार विकासका लागि अमेरिकाले गरेको सहयोगका लागि हामी नेपालीहरु सधै कृतज्ञ छाँै । यसपटक मिलेनियम च्यालेन्ज कर्पोरेसनको विकास पूर्वाधारको परियोजना सम्बन्धमा अनावश्यक बहस भयो, बहस मात्र भयो होइन कि अमेरिकासँगको सम्बन्ध नै खलबलिने गरी नेपालमा विरोधका स्वरहरु अनावश्यकरुपमा उरालियो जसलाई अन्य शक्ति राष्ट्रहरुको समेत प्रत्यक्ष सहयोग र साथ रहेको देखियो । कतिसम्म भने अमेरिका सेनाले चीनलाई घेर्न र इन्डो प्यासिफिक रणनीतिको एउटा अंगको रुपम परियोजना हो र नेपालको संसदले पारित गरेको भोलिपल्ट नै अमेरिकी सेनाले नेपालमा आफ्नो बेसक्याम्प खडा गर्छ जस्ता भ्रम बाँडेर संसद र सडकमा आन्दोलन चर्काएका थिए । तर संसदमा सहिष्णुत अपनाएर नेपाली कांग्रेसको नेतृत्वले संसदबाट अमेरिकी परियोजना पारित गराएर अमेरिकासँगको ७५ वर्षदेखिको सम्बन्धलाई जोगाएको छ जबकि अमेरिकाले स्पष्ट शब्दमा भनेको थियो, एउटा परियोजनाको प्रश्नका अमेरिकाले नेपालसँगको सम्बन्धलाई हेर्दैन र नेपालको वाक स्वतन्त्रताको पक्षमा अमेरिका सधैँ अडिग रहेकोले बहसलाई प्रजातान्त्रिक प्रक्रिया मान्ने र संसदको अधिकारलाई सम्मान गर्ने विज्ञप्ति निकालेर आफ्नो प्रजातान्त्रिक छविलाई उज्यालो बनाई राख्यो । त्यसका लागि नेपाली प्रजातन्त्रवादीहरुले सधैँ प्रशंसा गरिरहने छन् ।
९. र अन्त्यमा, अमेरिकासँगको सम्बन्धलाई नेपालले अत्यन्त कृतज्ञताका साथ महत्व दिन्छ ।
नेपालले मात्र होइन, अमेरिकाले पनि नेपालसँगको सम्बन्धलाई महत्व दिएको देखिन्छ । ७५ वर्षको इतिहासमा अमेरिकासँग नेपालको सम्बन्ध संयुक्त राष्ट्रसंघको बडापत्रका आधारमा र पञ्चशीलका आधारमा सम्बन्ध सुधार गरिरहेका छौँ , निरन्तरता दिँदै आएका छौँ । कतिपय कुरामा नेपालले अमेरिकाको नीतिविरुद्ध पनि राष्ट्रसंघमा बोलेको छ, मतदान गरेको छ तर त्यसमा अमेरिकाले कहिल्यै असन्तुष्टि देखाएको छैन । तर पनि अमेरिकाले नै विश्वको प्रजातन्त्रको पक्षमा बोलिरहनु पर्छ र त्यसको नेतृत्व लिइरहनु पर्छ ।

नेपाल अमेरिका सम्बन्ध सगरमाथा जस्तै अग्लो र शान्त अनि प्रशान्त महासागर सरह गम्भीर र गहिरो छ । यो सम्बन्ध अरु लाखौँ वर्षसम्म रहिरहोस् ।

अमेरिकाले नेपालको विकासमा सधैँ सहयोग गरिरहोस् जसले नेपालको अवस्था पनि अमेरिकाजस्तै विकसित हुन सकोस् । अहिलेको सहयोग सधैँ आर्थिक रुपमा रहोस् भन्ने भन्दा पनि स्वाधी अर्थतन्त्र भएको र विकसित अर्थतन्त्र भएको देशको रुपमा विकसित हुन हामीलाई अमेरिकाको प्रविधि र नैतिक साथ पाउन सफल हुन सकौँ भन्ने कामना गरौँ । अमेरिका र नेपालको सम्बन्ध अमर रहोस् र अमेरिकाले संसारका प्रजातन्त्रको समेत नेतृत्व गर्न सक्षम होस् ।

सम्बन्धित समाचार

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
  • २०७९ जेष्ठ ८, १३: ३७

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...

नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
  • २०७९ जेष्ठ ८, १३: ३७

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय...

ललितपुर कांग्रेसमा जरा अभियानको तीव्रता, ७१ वटै वडामा प्रतिनिधि खटाइयो
ललितपुर कांग्रेसमा जरा अभियानको तीव्रता, ७१ वटै वडामा प्रतिनिधि खटाइयो
  • २०७९ जेष्ठ ८, १३: ३७

ललितपुर । नेपाली कांग्रेस ललितपुरले यही १ गतेवाट ललितपुरमा पार्टी संगठन सुद्धीकरण तथा संगठन विस्तारको लागि जरा अभियान अन्तर्गत जिल्ला,...