२३ घण्टा ओली र प्रचण्ड चन्द्रागिरी रिसोर्टमा – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

२३ घण्टा ओली र प्रचण्ड चन्द्रागिरी रिसोर्टमा

काठमाडौं । पार्टी एकता भएको एक बर्ष पुग्नै लाग्दा नेकपा दुई अध्यक्ष अन्तिम छलफलमा जुटेका छन् । पार्टी एकतालाई पूर्णरुप दिन अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले चन्द्रागिरीमा २३ घण्टा छलफल गरेको स्रोतले बतायो । आवासीय छलफलपछि दुई अध्यक्ष शुक्रवार साँझ मात्र निवास फर्केका छन् ।

केन्द्रीय सदस्यको जिम्मेवारी, जिल्ला र जनवर्र्गीय संगठनको एकता प्रक्रियालाई अन्तिमरुप दिन दुई अध्यक्ष विहीबार चन्दागिरी पुगेका थिए । चन्द्रागिरीबाट महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादललाई बोलाइएको थियो । चार नेताहरुबीच दुई दिन छलफल भएको महासचिव पौडेलले संचारकर्मीलाई जानकारी दिएका थिए ।

कम्यूनिष्ट पार्टी स्थापनाको दिन बैशाख १० गतेभन्दा अघि नै एकता प्रक्रियालाई अन्तिम रुप दिन दुई अध्यक्षले गृहकार्य थालेका हुन् । २३ घण्टा लामो छलफल पछि केन्द्रीय सदस्यको जिम्मेवारी, जिल्ला र जनवर्र्गीय संगठनको प्रस्ताव तयार गरिएको छ । तयार गरिएको प्रस्ताव पार्टी सचिवालयबाट अनुमोदन गराउने तयारी दुई अध्यक्षले गरेका छन ।

चार जनाको छलफलमा नेता माधवकुमार नेपाललाई पनि सहभागी गराउन प्रचण्डदेखि बामदेव गौतमसम्मले प्रयास गरेका थिए । तर पछिल्लो समय निरंकुश शैलीमा उभिएका प्रधानमन्त्री ओलीले नेपाललाई सहभागी नगराएको नेपाल पक्षको आरोप छ । नेपाललाई सहभागी नगराएपछि सचिवालयका चार सदस्य नेपाल, झलनाथ खनाल, बामदेव गौतम, र नारायणकाजी श्रेष्ठ रुष्ट बनेका छन् । उनीहरुले पनि छुट्टै प्रस्ताव सचिवालयमा पेश गर्ने तयारी गरेका छन् ।

चार नेताबीच शनिवार साँझ पनि छलफल भएको छ । छलफलको निष्कर्ष भने वाहिर ल्याइएको छैन । पार्टी एकताको लागि महत्वपूर्ण भूमिका खेलेका तत्कालिन गृहमन्त्री जनार्दन शर्मालाई समेत बाईपास गरेपछि उनी अब दुई महिना काठमाडौं आउँदिन भन्दै जिल्ला तिर रुकुमका गाउँ गाउँमा चहारी रहेका छन् ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०७६ बैशाख २, ०५: ४९

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०७६ बैशाख २, ०५: ४९

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०७६ बैशाख २, ०५: ४९

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...