मनाङमा २३ करोड ५५ लाखको यार्सागुम्बा बिक्री – Naya Bikalpa
May 15, 2024, Wednesday

मनाङमा २३ करोड ५५ लाखको यार्सागुम्बा बिक्री

नयाँ विकल्प,
काठमाडौं – मनाङ जिल्लाबाट कम्तीमा २३ करोड ५५ लाख रुपैयाँ बराबरको यार्चागुम्बु बिक्री भएको छ । मनाङमा बाह्य र स्थानीयले संकलन गरेर व्यापारीलाई यार्चागुम्बु बिक्री गरिन्छ ।

आर्थिक वर्ष ०७८र७९ मा मनाङमा व्यापारीले सरकारलाई प्रतिकिलो ३१ हजार रुपैयाँका दरले राजस्व बुझाउँछन् । यार्साबाट मात्रै ३६ लाख २९ हजार ५ सय १ रुपैयाँ राजस्व संकलन भएको छ ।

संकलकले व्यापारीलाई प्रतिकिलो यार्सा नराम्रो १५ लाखदेखि १६ लाख रुपैयाँसम्म र राम्रोको २५ लाखदेखि ३० लाख रुपैयाँसम्म बिक्री गर्छन् । व्यापारी यार्सागुम्बा संकलनस्थलमै पुग्छन् ।

धादिङको रि–गाउँका एक्का तामाङका अनुसार व्यापारीले प्रतियार्सा ४ सयदेखि ५ सय रुपैयाँमा संकलनस्थलमै किन्छन् । एक किलोमा ठूलो मात्राका ३ हजार २ सय हाराहारीका यार्सा अट्ने गर्छ ।

सम्बन्धित समाचार

सहकारी पीडितलाई न्याय दिन माग गर्दै महिला संघद्वारा प्रदर्शन
सहकारी पीडितलाई न्याय दिन माग गर्दै महिला संघद्वारा प्रदर्शन
  • २०७९ श्रावण १८, २२: ००

काठमाडौं। नेपाल महिला संघले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवी लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै विरोध...

कांग्रेस सांसदले उठेर विरोध गरेपछि ‘राष्ट्रपतिलाई धन्यवाद’ दिने प्रस्ताव पारित हुन सकेन
कांग्रेस सांसदले उठेर विरोध गरेपछि ‘राष्ट्रपतिलाई धन्यवाद’ दिने प्रस्ताव पारित हुन सकेन
  • २०७९ श्रावण १८, २२: ००

  काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा लागि मंगलबार प्रस्तुत...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम
यस्तो छ सरकारको नीति तथा कार्यक्रम
  • २०७९ श्रावण १८, २२: ००

  काठमाडौं। सरकारले काठमाडौंको चक्रपथसहित देशका अध्यधिक सवारी चाप हुने सडकखण्डमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र...