कांग्रेसको इज्जत काठमाडौंले राख्यो ! – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

कांग्रेसको इज्जत काठमाडौंले राख्यो !

काठमाडौं । दोस्रो संविधानसभाको निर्वाचनमा १० सिटमध्ये ८ सिट जितेर काठमाडौंलाई कांग्रेसमय बनाउन सफल भएको कांग्रेस नेतृत्व यतिखेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा खुम्चिन पुगेको छ । स्थानीय निर्वाचनदेखि काठमाडौंमा कांग्रेसको स्थिति बिग्रदै जाँदा पनि नेताहरुको ध्यान कांग्रेसको राजनीति सुधार गर्नभन्दा आपूm निकट व्यक्तिलाई मात्र काखी च्यापेको कारण संगठन मजबुत हुन नसकेको स्वीकार गर्छन्, काठमाडौं कांग्रेसका नेताहरु । देशैंभर बामगठबन्धनले निर्वाचनमा सफल भइरहेको बेला काठमाडौंमा भने ४ सिट कांग्रेसले जितेको छ । काठमाडौंको १० क्षेत्रमध्ये कांग्रेसले १, ४, ६, १० मा विजय हासिल गरेको छ । जसअनुसार काठमाडौंको क्षेत्र नं. १ मा पूर्व नेकां महामन्त्री समेत भइसकेका कांग्रेसका नेता प्रकाशमान सिंहले विजय हासिल गरेका छन् । उहाँका निकटम प्रतिस्पर्धी विवेकशील पार्टीका रविन्द्र मिश्रलाई पराजित गर्दै विजयी भएका हुन् । काठमाडौंको क्षेत्र नं. ४ मा युवा नेता गगन थापाले एमाले नेता डा. राजन भट्टराईलाई पराजित गराएका छन् । क्षेत्र नं. ६ मा नेकां काठमाडौंका पूर्व सभापति भिमसेन दास प्रधानले माओवादी नेता झक्कु सुवेदीलाई पराजित गरेका छन् । प्रधान यसअगाडि पनि सोही क्षेत्रबाट निर्वाचित भएका व्यक्ति हुन भने सुवेदी क्षेत्र नं. २ बाट ६ मा निर्वाचन लड्न आएका थिए । काठमाडौं क्षेत्र नं. १० मा पुनः राजन केसीले माओवादी केन्द्रका नेता हितमान शाक्यलाई पराजित गरेका छन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेका थिए ।
त्यसैगरी बामगठबन्धनले काठमाडौंमा ६ सिट हात पारेको छ । जनअनुसार काठमाडौंको क्षेत्र नं. २ मा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली कांग्रेसमा युवा नेता दिपक कुईंकेललाई पराजित गरेका छन् । कुईंकेल यसभन्दा अगाडि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । काठमाडौं क्षेत्र नं. ३ मा एमालेका कृष्ण राईले कांग्रेस नेतृ एवम् सहकारी मन्त्री अम्विका बस्नेतलाई पराजित गरिदिएका छन् । काठमाडौं क्षेत्र नं. ५ मा एमालेकै महासचिव ईश्वर पोखरेलले नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतलाई पराजित गरी दिएका छन् । त्यसैगरी क्षेत्र नं. ७ मा एमालेका नेता रामवीर मानन्धरले जित हात पारेका छन् । उक्त स्थानमा नाम मात्रको लोकतान्त्रिक गठबन्धनका राप्रपाका नेता विक्रम बहादुर थापा नराम्ररी पछारिएका छन् । काठमाडौं क्षेत्र नं. ८ मा एमालेका नेता जिवनराम श्रेष्ठले कांग्रेस केन्द्रीय सदस्य नविनराज जोशीलाई झिनो मतले पराजित गरिदिएका छन् । क्षेत्र नं. ९ मा कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जित रहेका थिए । रंजित यो भन्दा अगाडि २ पटकसम्म लगातार निर्वाचित हुँदै आएका थिए । केही महिना अगाडि मात्र पार्टी सभापति देउवाको निगाहबाट केन्द्रीय सदस्यमा चुनिएका थिए । काठमाडौं कांग्रेसलाई यो भन प्राप्त भएको मत यस पटक पनि नआएको होईन । तर देशैभर वामगठबन्धनको हावाहुरी नै आएका कारण पुरानो मत सर्वेक्षण अनुसार पनि पनि एमालेको र माओवादी केन्द्रको मत एकै ठाउँमा परेका कारण कांग्रेसको पराजय भएको हो ।

सम्बन्धित समाचार

कासामि व प्रशिक्षकयात हन
कासामि व प्रशिक्षकयात हन
  • २०७४ मंसिर २५, ०९: २२

दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...

मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
  • २०७४ मंसिर २५, ०९: २२

मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...

‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
  • २०७४ मंसिर २५, ०९: २२

महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...