काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ बिक्री खुला गरेको छ । संस्थाले बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन बिक्री खुला गरेको हो ।
लघुवित्तले हाल कायम जारी पुँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको छ । जसमध्ये जारी पुँजीको ०।५ प्रतिशत अर्थात् २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी रहेको एक लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम् १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीको प्रकाशित आह्वानपत्रमा उल्लेख गरिएकाे छ । आईपीओमा छिटोमा १२ भदौ र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन दिने अवधि २२ भदौसम्म थप हुनेछ ।
कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।
गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार लघुवित्त २१ लाख ८९ हजार १४९ रुपैयाँ सञ्चित नाफामा रहेको छ ।
हाल २ करोड ६८ लाख चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ बाँडफाँटपश्चात चुक्ता पुँजी ४ करोड रुपैयाँ पुग्नेछ ।
इच्छुक लगानीकर्ताले सस-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी...
काठमाडौं : विद्युत् नियमन आयोगकी सदस्य भागिरथी भट्टराई ज्ञवालीले शपथ ग्रहण गरेकी छन् । यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको...