काठमाडौं । काठमाडौँको सिंहदरबार सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रो बसलाई ट्राफिक प्रहरीले कारवाहीको लागी यातायात व्यवस्था कार्यालय ललितपुर पठाएको छ ।
२०७९ भदौ ६ गते सोमवार बा १ ज ५७ ७० नम्बरको माइक्रो बस जाँच गर्दा २० वर्ष अवधि पुगेको देखिएकाले ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । चेकिङको क्रममा उक्त माइक्रो बस सन् २००० सालमा बनेको कागजात भेटिएको थियो । उक्त माइक्रो बसलाई आवश्यक कारवाहीका लागि ललितपुर स्थित यातायात व्यवस्था कार्यालय पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सवारी साधन उत्पादन भएको बर्ष र शुरु दर्ता मिति पनि खुलेका सवारी साधनको हकमा उत्पादन बर्षले २० बर्ष, उत्पादन बर्ष नखुलेको तर शुरु दर्ता मिति मात्र खुलेको सवारीको हकमा शुरु दर्ता मितिले २० बर्ष पुगे नपुगेको गणना हुन्छ । यस्तै, शुरु दर्ता भइनसकेका भन्सार कार्यालय र राजश्व अनुसन्धान विभाग जस्ता निकायले लिलाम गरेका सवारीको हकमा भने उत्पादन बर्षले डिसेम्बर महिनाको आधारमा २० बर्ष पुगे नपुगेको एकिन गरी इन्धनबाट चल्ने यात्रु तथा मालबाहक सवारी साधन २० वर्षभन्दा बढी चलाउन नपाईने यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ मा प्राबधान रहेको छ ।
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौं : गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताएका छन् । अनुसन्धानकर्ता प्रहरी र...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका...