थप ४८७ जनामा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु – Naya Bikalpa
September 7, 2024, Saturday

थप ४८७ जनामा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु


काठमाडौं । मुलुकभर थप ४ सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टीजेन विधिबाट २४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । त्यस्तै १६४ जना सङ्क्रमणमुक्त पनि भएका छन् ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९८ पुगेको छ । ३९ हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले बताएको छ ।

सम्बन्धित समाचार

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०७९ भाद्र ८, १६: ५२

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०७९ भाद्र ८, १६: ५२

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...

केही स्थानमा भारी वर्षाको सम्भावना
केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ भाद्र ८, १६: ५२

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...