काठमाडौं । क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका २० स्थायी घर भई हाल काठमाडौं महानगरपालिका १० बस्दै आएका ३६ वर्षीय उत्सव दाहाल रहेको प्रहरीले जनाएको छ ।
दाहालले अजय वाईबालाई बैदेशिक रोजगारको लागि क्रोएसिया पठाई दिन्छु भनी दुई लाख रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने उजुरी प्राप्त भएपछि बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माछापोखरी काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दाहाललाई कारबाहीको लागि वैदेशिक रोजगार बुद्धनगर पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
काठमाडौं : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को...
काठमाडौंः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट मुलुक नराम्ररी प्रभावित भएको वास्तविकता प्रस्तुत गर्दै त्यसलाई घटाउन बाह्य...
काठमाडौं ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा रहेका १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीको अवस्थाबारे जानकारी लिएका छन् । समाचार एजेन्सी एसोसिएटेड...