काठमाडौंका यी स्थानमा चलायो महानगरपालिकाले डोजर, भत्काइए संरचना – Naya Bikalpa
September 7, 2024, Saturday

काठमाडौंका यी स्थानमा चलायो महानगरपालिकाले डोजर, भत्काइए संरचना

काठमाडौँ । काठमाडौंमा नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ । महानगरले बुधबार काठमाडौं मल र खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ ।

महानगर मेयर बालेन्द्र साह आफैँ उपस्थित भएर अनधिकृत संरचना भत्काउन थालेका हुन् । नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसल हटाएको तेस्रो दिनमै बुधबार मेयर बालेन सुन्धरा, न्युरोड, दरबारमार्ग र बबरहमल क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन र सम्बन्धित् पक्षको जवाफ मागेका छन् ।

बुधबार नै मेयर बालेनको उपस्थितिमा महानगरको टोलीले न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचनामा डोजर लगाएर भत्काइएको छ ।

यसैगरी महानगरले बबरहमलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतको भवनको नक्सा पास नभेटिएको भन्दै प्रमाणपत्र पठाउन पत्राचार गरेको महानगरले अदालतको अण्डर ग्राउण्डमा आशंका गरेको हो ।

नयाँ बानेश्वरमा पार्किङका लागि बनाइएको अण्डर ग्राउण्डमा पसल सञ्चालन भएको पाइएपछि अदालतको अण्डर ग्राउण्डबारे महानगरको चासो बढेको हो ।

बुधबार नै मेयर बालेन दरबारमार्ग पुगेका थिए । दरबारमार्ग क्षेत्रमा सडकमै जथाभावी पार्किङ गरिएपछि मेयर बालेन सो क्षेत्रमा पुगेका हुन् । मेयर बालेन आजै कोटेश्वर क्षेत्रको फुटपाथ र पार्किङको अनुगमनमा जाने तयारी गरेका छन् ।
प्रहरीले संचरना भत्काउनु अगाडि पसल खाली गराएको थियो । पछिल्लो समय काठमाडौं महानगरपालिकले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको स्थानमा त्यस्ता संरचना धमाधम भत्काइरहेको छ ।

नक्सा पासविपरीत तथा अनधिकृत रुपमा बनाइएको संरचना हटाउन मेयर बालेन महानगरको टोली र प्रहरीसहित पुग्ने गरेका छन् ।

सम्बन्धित समाचार

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०७९ भाद्र ८, १७: ४३

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०७९ भाद्र ८, १७: ४३

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...

केही स्थानमा भारी वर्षाको सम्भावना
केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ भाद्र ८, १७: ४३

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...