नयाँ विकल्प,
काठमाडौं – लोक सेवा आयोगले यसअघि रोकिएका परीक्षा तत्काल सञ्चालन गर्ने तयारी गरेको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै कर्मचारी समायोजनसम्बन्धी रिटमा सर्वोच्च अदालतको अन्तिम फैसला आएसँगै अब यसअघि स्थगित सबै परीक्षा तथा नतिजा सार्वजनिक गर्ने काम तत्काल सुरु गर्ने जनाएको हो ।
अदालतको फैसलामा पदपूर्तिसम्बन्धी काम, कारबाही अघि बढाउन मिल्ने गरी आदेश भएका विज्ञापनका परीक्षा कार्यक्रम १५ दिनको सूचना दिएर अघि बढाइने विज्ञप्तिमा उल्लेख छ । विभिन्न समयमा अदालतमा परेका निवेदनका कारण झन्डै एक हजार दरबन्दीका परीक्षा प्रभावित भएको लोक सेवा आयोगले जनाएको छ ।
ती सबै पदपूर्ति यही आर्थिक वर्षभित्र गरिने आयोगका प्रवक्तासमेत रहेका सहसचिव तोयनारायण सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सर्वोच्च अदालतले मंगलबार संघीय संरचना लागू भएपछि भएका कर्मचारी समायोजनसम्बन्धी ९८ मध्ये धेरैजसो रिटमा अन्तिम फैसला सुनाएको हो । धेरैजसो रिट खारेज भए पनि पूर्ण पाठ आएलगत्तै परीक्षाका कारबाही अघि बढाउने आयोगका प्रवक्ता सुवेदीको भनाई छ ।
काठमाडौं : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को...
काठमाडौंः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट मुलुक नराम्ररी प्रभावित भएको वास्तविकता प्रस्तुत गर्दै त्यसलाई घटाउन बाह्य...
काठमाडौं ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा रहेका १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीको अवस्थाबारे जानकारी लिएका छन् । समाचार एजेन्सी एसोसिएटेड...