नयाँ विकल्प,
काठमाडौं – नागरिकता विधेयक प्रतिनिधिसभाले संशोधन बिना हुबहु पास गरेपछि शीतलनिवासमा छटपटी सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही क्रममा बुधबार सैनिक उच्च अधिकारीसँग छलफल गरेकी छन् । शीतल निवासका एक अधिकारीले राष्ट्रपतिले सैनिक अधिकारीसँग नियमित र पुराना चिनजान भएकाहरूसँग सामान्य भलाकुसारी गरेको भनेर प्रतिक्रिया दिएको छ । तर, बुधबार राष्ट्रपतिले वर्तमान सेनापतिदेखि केही पूर्व सेनापतिहरुसमेत छलफल गरेकी हुन् । छलफलमा सहभागी हुनेमा प्रधानसेनापति प्रभुराम शर्मासहित पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा र प्यारजंग थापा समेत छन् । राष्ट्रपति र सैनिक अधिकारीहरुबीच भएको छलफलको विषय प्रष्ट नभएपनि नागरिकता विधेयककै विषयमा लक्षित भएको बताइएको छ ।
स्रोतहरूका अनुसार राष्ट्रपति नागरिकता विधेयक प्रमाणीकरण गर्नुको साटो राजीनामा दिनेसम्मको मूडमा रहेकी छन् । राष्ट्रपतिले प्रहरी उच्च अधिकारीलाई पनि छलफलका लागि बोलाउन सूची बनाएको भएपनि सैनिक अधिकारीलाई मात्रै बोलाएको बताइएको छ ।
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास,...
मन्थली : जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा...