काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नेपाली सेनाका उच्च अधिकारीसँग छलफल गरेकी छिन् । रक्षामन्त्री हुँदादेखि सेनाको परमाधिपति हुँदासम्म सहयोग गर्नेलाई धन्यवाद दिएकी छन ।
भेटघाटमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा र प्यारजंग थापा सहभागी भएका थिए । । ‘रक्षामन्त्री हुँदादेखि चिनजान भएका र राष्ट्रपति हुँदा विभिन्न ठाउँबाट योगदान गरेका सबैसँग भेटघाटका लागि कार्यक्रम तय गरिएको थियो ।
नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीले राजीनामा गर्ने सम्मको चर्चाकाबीच शीतलनिवासमा वर्तमान र पूर्व सेनापतिसहितको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा छलफलको खास एजेण्डा नभएको संचारविज्ञ ढकालले बताए ।
‘राष्ट्रपति देशका विभिन्न ठाउँमा जादा सहयोग गरेका र विदेश जाँदा त्यहाँ डिफेन्स एट्याची रहेकादेखि शीतलनिवासको सुरक्षामा खटिएका अधिकारीहरु को सहभागीता रहेको ढकालले बताए ।
उपस्थित सेनाका पूर्व जर्नेलहरूले नागरिकता विधेयक फिर्ता गरेर राम्रो काम गरेको मा प्रश्मसा समेत गरेका थिए । प्रतिनिधिसभाबाट १५ बुँदे सन्देशविपरीत हुबहु नागरिकता विधेयक पारित भएपछि राष्ट्रपति भण्डारी असन्तुष्ट बनेकी थिइन ।
उनले नागरिकता विधेयक बारे के गर्ने भन्ने विषयलाई लिएर आन्तरिक छलफललाई तीव्र पारेकी छन् । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले राजीनामा नगर्ने बताए ।
उनले यस विषयमा अनावश्यक हल्ला भएको उनको बताए । यद्यपि पछिल्लो समय शीतल निवासले आन्तरिक छलफललाई तिव्रता दिएको छ ।प्रधानमन्त्री देउवासँग भेट गरी नागरिकता विधेयक लगायत ४ विषयमा ध्यानाकर्षण गराएको हो ।
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौं : गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताएका छन् । अनुसन्धानकर्ता प्रहरी र...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका...