अस्पतालका सञ्चालकहरूले मागे माफी – Naya Bikalpa
September 7, 2024, Saturday

अस्पतालका सञ्चालकहरूले मागे माफी

झापा । अस्पतालका फोहोर सोझै बिरिङ खोलामा फालेका बिर्तामोड नगरपालिका क्षेत्रका अस्पतालहरूले अब यस्तो गल्ती नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अस्पतालका सञ्चालकहरूले त्यस्तो काम आइन्दा नगर्ने प्रतिवद्धता जनाएका हुन् । झापामा रहेका सबै अस्पतालहरूले फोहोर मैला व्यवस्थापनसम्बन्धी ऐनको पालना गर्न प्रशासनले निर्देशन दिएको छ ।

छलफलमा अस्पताल सञ्चालकहरूले फोहोर मैला व्यवस्थापन ऐन, २०६८ र त्यसबारे बनेको नियमावलीको पूर्ण पालना गर्ने प्रतिवद्धता गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

अस्पतालहरूले फोहोरमैलाको व्यवस्थापन उचित ढंगले गरेको छ कि छैन भन्नेबारेको अनुगमनका लागि स्थानीय तहहरूलाई अनुरोध गर्ने पनि सहमति भएको छ ।

सम्बन्धित समाचार

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०७९ भाद्र ९, ११: ०२

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०७९ भाद्र ९, ११: ०२

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...

केही स्थानमा भारी वर्षाको सम्भावना
केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ भाद्र ९, ११: ०२

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...