गाउँमै मुटु तथा फोक्सोको परीक्षण – Naya Bikalpa
February 7, 2025, Friday

गाउँमै मुटु तथा फोक्सोको परीक्षण

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनील शर्माले मोरङका वृद्धवृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गराइदिएका छन् । नोबेलबाट विशेषज्ञ डाक्टरहरुको टोली पठाएर डा. शर्माले वृद्धवृद्धाहरुलाई गाउँमै स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

ज्येष्ठ नागरिकलाई लक्षित गर्दै पथरी मुटु तथा फोक्सो रोग परीक्षण शिविर सञ्चालन गरिएको हो । शिविरमा स्थानीय १७५ जना वृद्धवृद्धाको मुटु तथा फोक्सो परीक्षण गरिएको छ । वृद्धवृद्धाको उपचारका लागि नोबेलका निर्देशक एवं मुटुरोग बिशेषज्ञ डाक्टर राजेश नेपालको नेतृत्वमा डाक्टरहरुको टोली शिविरमा पुगेको थियो ।

शिविरमा १६५ जना वृद्धवृद्धाको मुटुको जाँच (इको) गरिएको छ ।जसमध्ये ५५ जना वृद्धवृद्धालाई थप उपचार गर्नुपर्ने देखिएकाले उनीहरुलाई नोबेल अस्पतालमा नोबेलकै गाडीमा ल्याएर उपचारपछि घरसम्म पुर्याउने व्यवस्था मिलाइएको नोबेलका प्रवन्धक नारायण दाहालले बताए ।

डा. शर्माले वृद्धवृद्धालाई अस्पताल ल्याउने, अस्पतालमा सम्पूर्ण उपचार निःशुल्क गर्ने र उपचार पश्चात घर पुर्याउने व्यवस्था व्यवस्था समेत मिलाएका थिए। समाजसेवी डा. शर्मा बेलवारी निवासी हुन् ।

उनीले बिरामीहरुलाई वर्षौं अघिदेखि निःशुल्क एवं विशेष छुटमा उपचार गराउँदै आएका छन् । डा. शर्माले सोही क्षेत्रमा एम्बुलेन्स क्याम्प पनि सञ्चालन गराइरहेका छन् ।

सम्बन्धित समाचार

विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
  • २०७९ भाद्र ९, ११: १९

काठमाडौंः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र...

विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
  • २०७९ भाद्र ९, ११: १९

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा...

शुक्रबार सुनको मूल्य घट्यो
शुक्रबार सुनको मूल्य घट्यो
  • २०७९ भाद्र ९, ११: १९

काठमाडौं । शुक्रवार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...