सुक्खाग्रस्त क्षेत्रमा वैकल्पिक बाली लगाउन सुझाव – Naya Bikalpa
September 7, 2024, Saturday

सुक्खाग्रस्त क्षेत्रमा वैकल्पिक बाली लगाउन सुझाव

काठमाण्डौ बाँकेको नरैनापुर गाउँपालिकामा खडेरीका कारण रोपाइँ नभएपछि कृषि विज्ञले वैकल्पिक बाली लगाउन सुझाव दिएका छन् । । नरैनापुरलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । त्यहाँ १५ प्रतिशत मात्रै धान खेती भएको छ ।

रोपिएको धान पनि पानी नपर्दा सुकेको छ । अब गहुँखेती गर्नु अगाडि कोशेबाली सम्भव भएकाले त्यस्ता बाली लगाउन सुझाव दिइएको गाउँपालिका कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिएका छन।

कृषि ज्ञान केन्द्र प्रमुख सागर ढकालका अनुसार सुक्खा क्षेत्रमा पानी कम भए पनि खेती हुने, छोटो अवधिको मासखेती गर्न किसानलाई सुझाव दिएका छन । यसबाहेक कोशेबाली खेतीको रुपमा तेलहन बाली अर्थात तोरी खेती पनि गर्न सकिने बताए ।

किसानले नगदे बालीको रुपमा बन्दागोभी पनि लगाउन सक्ने विज्ञले बताएका छन् । बाँकेको नरैनापुरमा झण्डै ९० प्रतिशत क्षेत्रमा धानखेती हुने गरेकोमा यसपाली खडेरी परेपछि रोपाइँ हुन सकेन ।

पालिकामा २ सय ६० हेक्टरमा सिँचाइ छ तर पानीको स्रोतसमेत सुकेकाले समस्या भएको हो । अबका दिनमा कृषिका पूर्वाधार बढाउने, डिपबोरिङ्गका योजना बनाएर काम गर्ने र पुराना संरचनालाई मर्मत गर्ने कृषि शाखाका प्रमुख भण्डारीले बताए ।

सम्बन्धित समाचार

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०७९ भाद्र ९, ११: ४५

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०७९ भाद्र ९, ११: ४५

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...

केही स्थानमा भारी वर्षाको सम्भावना
केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ भाद्र ९, ११: ४५

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...