ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम सम्पन्न – Naya Bikalpa
March 16, 2025, Sunday

ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम सम्पन्न


काठमाडौँ । बागबजारस्थित पद्‍मकन्या बहुमुखी क्याम्पसको सेमिनार हलमा ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम आज एक समारोहबीच समापन गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौँ महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस बागबजार र कान्तिपुर डेण्डल कलेज तथा हस्पिटल धापसीको संयुक्त आयोजनामा साउन २२ गते देखि सुरु भएको ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, पद्मकन्या बहुमुखी क्याम्पस बागबजारका प्राध्यापक, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, पत्रकार, ट्राफिक स्वयंसेवक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बालेन्द्र शाहले ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरी एक्लैले नसक्ने र यसमा सरोकारवाला सबैले हातेमालो गर्नु पर्ने बताए । नगर प्रमुख बालेन्द्र शाहले ट्राफिक स्वयंसेवक भएर काम गर्ने सबैलाई धन्यवाद दिए ।

ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम अन्तगर्त पद्मकन्या बहुमुखी क्याम्पसमा अध्ययनरत १०० जना भन्दा बढी विद्यार्थीहरू ट्राफिक स्ववंसेवक भई साउन २२ गते देखि भदौ ८ गतेसम्म ट्राफिक प्रहरीसँग सडकमा खटिएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले नागरिक पनि बिना वर्दीका प्रहरी हुन भन्ने वाक्यलाई अभ्यासमा ल्याएको बताउदै आगामी दिनमा पनि पद्मकन्या बहुमुखी क्याम्पसको सामाजिक एवं कार्य विभागको साथ र सहयोगको अपेक्षा रहेको बताए ।

कार्यक्रममा पद्मकन्या बहुमुखी क्याम्पसका सामाजिक एवं कार्य विभाग प्रमुख सुप्रिता राईले उपस्थित सबैमा हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरे ।

ट्राफिक स्वयंसेवक भई खटिएका विद्यार्थीहरूले सडकमा नो(हर्न अभियान अन्तर्गत सार्वजनिक तथा निजी सवारी साधना स्टिकर टाँस्ने, पैदल यात्रीलाई जेब्राक्रसिङ तथा आकाशेपुल प्रयोग गराउने, चालकलाई ट्राफिक लाईटको पालना गर्न आग्रह गर्ने लगायतका कार्यहरू गरेका थिए ।

सम्बन्धित समाचार

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको क्यालेन्डर तयार
प्रतिनिधिसभाको चैत १५ गतेसम्मको क्यालेन्डर तयार
  • २०७९ भाद्र ९, १७: ३८

काठमाडौं : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को...

‘जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य’
‘जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य’
  • २०७९ भाद्र ९, १७: ३८

काठमाडौंः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट मुलुक नराम्ररी प्रभावित भएको वास्तविकता प्रस्तुत गर्दै त्यसलाई घटाउन बाह्य...

राष्ट्रसँघका महासचिव बंगलादेशको भ्रमणमा
राष्ट्रसँघका महासचिव बंगलादेशको भ्रमणमा
  • २०७९ भाद्र ९, १७: ३८

काठमाडौं ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा रहेका १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीको अवस्थाबारे जानकारी लिएका छन् । समाचार एजेन्सी एसोसिएटेड...