सिट बाँडफाँटबारे काँग्रेसले १६५ सिटमध्ये १०० सिटमा दाबी – Naya Bikalpa
September 7, 2024, Saturday

सिट बाँडफाँटबारे काँग्रेसले १६५ सिटमध्ये १०० सिटमा दाबी

नयाँ विकल्प,

काठमाडौं – सत्ता गठबन्धनको सिट बाँडफाँटबारे सहमति जुटाउन बनेको कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दलले पाउनुपर्ने सिटबारे दाबी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जसपा र जनमार्चाले सिटबारे आ–आफ्नो दाबी प्रस्तुत गरेको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए ।

उनका अनुसार बैठकमा काँग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा दाबी प्रस्तुत गरेको छ । यस्तै माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२, र जनमोर्चाले ३ सिटमा दाबी गरेको छ । यद्यपि दलहरुबीच यसबारे थप छलफल गरेर अन्य बैठकमा सहमति जुटाइनेछ । यस्तै आजको बैठकमा १६५ वटा निर्वाचन क्षेत्रका विषयमा दलगत अध्ययन प्रस्तुत भएपनि अन्तिम ड्राफ्ट गर्न बाँकी रहेको छ । त्यसका लागि भोलि पुनः बैठक बसेर ड्राफ्ट तय गरिने पुरीको भनाइ छ ।

कार्यदलको बैठकमा नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिकाका विषयमा पनि सामान्य छलफल भएको बताइएको छ ।

 

 

सम्बन्धित समाचार

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०७९ भाद्र ९, २०: ३४

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०७९ भाद्र ९, २०: ३४

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...

केही स्थानमा भारी वर्षाको सम्भावना
केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ भाद्र ९, २०: ३४

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...