बालेनको याक्सन, भत्किए अवैध संरचना – Naya Bikalpa
January 24, 2025, Friday

बालेनको याक्सन, भत्किए अवैध संरचना

नयाँ विकल्प, 

काठमाडौं –  संघीय राजधानी काठमाडौंका अधिकांश क्षेत्रमा नागरिकले पार्किङ गर्ने ठाउँ नपाएर हैरानी भोग्नु परेको छ। अन्डर ग्राउण्ड पार्किङ बनाए पनि त्यो सहि तरिकाले प्रयोग गरिएन । अन्डरग्राउण्ड पार्किङ बनाएवापत घरको उचाइमा ‘फ्लोर एरिया’ छुट (तल्लो तला गणना नहुने) को सुविधा घरधनीले लिइरहे ।

सम्बन्धित भवनकै ग्राहकले पनि पार्किङको सुविधा पाउन सकेनन् । यो समस्या विकराल बन्दै गयो । पछिल्ला दिनहरुमा महानगरका अधिकांश व्यापारिक भवनमा अन्डरग्राउण्ड पार्किङका लागि ठाउँ त थिए, तर त्यसमा होटल व्यवसाय, क्याफे, फेन्सी पसल, शैक्षिक परामर्श केन्द्र, दोहोरी साँझ लगायत चलिरहेका थिए ।

महानगरपालिकाको शहरी विकास महाशाखाको तथ्यांक अनुसार काठमाडौंमा अहिले २०० भन्दा धेरै भवनले नक्सामा अन्डरग्राउण्ड पार्किङ राखेर छुट सुविधा लिएका छन् । तर, त्यसमा व्यवसाय सञ्चालन भइरहेका छन् ।

यो समस्या अहिलेको मात्र थिएन । विगतमा अन्य राजनीतिक दलका जनप्रतिनिधि हुँदा पनि यो समस्या यथावत थियो । तर दलका निर्वाचित जनप्रतिनिधिले मतदाता भड्केलान् भन्ने डरले यस गलत कार्यविरुद्ध आवाज उठाउन सकेका थिएनन् ।

अढाई महिनाअघि स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंको मेयर चुनिएका बालेन्द्र शाह (बालेन) को नजर अहिले यही समस्यामाथि परेको छ । शाहले १ साउनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर अरु प्रयोजनमा भाडामा नलगाउन भन्दै सार्वजनिक सूचना नै जारी गरे । सूचना जारी भएको मितिले ३५ दिनभित्र पार्किङ राख्नुपर्ने ठाउँमा राखिएका पसल र गोदाम हटाउन घरधनीहरुलाई निर्देशन दिइएको थियो ।

तर तोकिएको अवधि सोमबार पूरा भएपछि अटेरी गर्नेविरुद्ध डोजर लिएर जाने बालेनले निर्णय लिए । त्यही अनुसार पहिलो दिन ६ भदौमा बानेश्वर क्षेत्रमा नक्सा विपरीत प्रयोजनका लागि प्रयोग भएका विभिन्न भवनमा अनुगमन गरे । यो अभियान थाल्नुअघि उनले नगर प्रहरी प्रमुखबाट धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई नियुक्त गरे । संरचना भत्काउन खोज्दा हुनसक्ने तनावको स्थितिलाई मध्यनजर गरेर नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग पनि समन्वय गरे ।

पार्किङको समस्याका कारण उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि हैरानी व्यहोरिरहेको थियो । त्यसैले ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मिरा चौधरी पनि मेयर बालेनसँगै अनुगमनमा उत्रिइन् ।

 

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार बानेश्वरमा महानगरपालिकाबाट अन्डरग्राउण्ड पार्किङको अनुमति लिएर २२ वटा भवन निर्माण भएका छन् । तीमध्ये अधिकांश भवनले पार्किङ क्षेत्रलाई पसल सञ्चालनका लागि भाडामा दिएको पाइएको उनले बताए ।

सांकेतिक रुपमा बानेश्वरमा अभियान चलाएर मात्र बालेन रोकिएनन्, बुधबार बिहानैबाट न्यूरोड र दरबारमार्गमा क्षेत्रमा गएर अनुगमन गरे । नक्सा पासविपरीत बनाइएका ठूला मलहरुका संरचनामा डोजर लगाए । बालेनले दरबारमार्गमा पनि त्यस्ता संरचनामा बनाइएका पसल र क्याफेहरुका संरचना हटाउन निर्देशन दिएका छन् । साँझ कोटेश्वरमा उनले अनुगमन गरे ।

बिहीबार बालेन निरीक्षणका क्रममा बानेश्वरको अल्फा हाउस पुगे, उनले घरधनीसँग नक्सा मागेको थिए । तर घरधनीले महानगरमै नक्सा भएको जवाफ दिएपछि बालेन आक्रोशित देखिए । त्यसपछि केहिबेर बालेन र घरधनीबीच भनावैरी पनि भयो, तर नागरिकबाट समर्थन पाइरहेका बालेन त्यतिमा रोकिएनन् ।

केहीबेरमा महानगरको टोलीले अल्फा हाउसको नक्सा ल्यायो । नक्सादेखेपछि अल्फा हाउसका घरधनीले संरचना हटाउने भन्दै केही समय दिन माग गरेका थिए । तर अवैध संरचनाविरुद्ध आक्रामक अभियान थालेका बालेनले उनको कुरा सुनेनन् । उनले अनधिकृत प्रयोग भएको संरचनामा डोजर चलाए । उनको यो कार्य जारी छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०७९ भाद्र ९, २१: ५१

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०७९ भाद्र ९, २१: ५१

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०७९ भाद्र ९, २१: ५१

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...