काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले यही भदौ २३ र २४ मा आयोजना गर्ने पूर्वाधार सम्मेलनमा सहभागी हुन भारत सरकारको सडक यातायात, राजमार्ग तथा नागरिक उड्डयन राज्यमन्त्री जनरल विजयकुमार सिंह आउने भएका छन् ।
परिसंघले सिंहलाई गेस्ट अफ अनरका रूपमा सहभागी हुन परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत औपचारिक निमन्त्रणा गरिसकेका छन् ।
परिसंघका तर्फबाट अध्यक्ष विष्णुकुमार अग्रवालले नयाँ दिल्लीस्थित मन्त्रालयमा राज्यमन्त्री सिंहलाई भेटेर निमन्त्रणा दिएका हुन् ।मन्त्रालयले यस अघि नै निमन्त्रणा पठाएको थियो । सम्मेलनमा २५ भन्दा बढी देशबाट कम्तीमा एक हजार जनाको सहभागिता रहने परिसंघले जारी विज्ञप्तिमा जनाइएको छ ।
‘यसै परिप्रेक्ष्यमा भारतले पूर्वाधार विकासको क्षेत्रमा हासिल गरेको सफलताले नेपाली नीति निर्माता तथा उद्यमीलाई नयाँ शिराबाट सोच्न प्रेरित गर्ने अपेक्षा गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘भारतीय पूर्वाधार विकासको अभियानमा एक नेतृत्वकर्ताका रूपमा रहेका राज्यमन्त्री सिंहको उपस्थितिले नेपाललाई अत्यावश्यक पूर्वाधार विकासका लागि घचघच्याउने विश्वास लिएका छौं ।
नेपाल भूपरिवेष्टित मुलुक भएकाले भारतीय पूर्वाधारसँगको सम्पर्क अपरिहार्य रहेको सन्दर्भमा पूर्वाधारमा भारतले हासिल गरेको सफलतालाई सहजै नेपालमा अनुसरण गर्न सकिन्छ ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...
धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...