चुनावका लागि समानुपातिकतर्फको दल दर्ता आजदेखि – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

चुनावका लागि समानुपातिकतर्फको दल दर्ता आजदेखि

काठमाण्डौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको दल दर्ता आजदेखि सुरु हुँदैछ । निर्वाचन आयोगले समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलको निवेदन लिनेछ ।

दलहरुले १२ गतेसम्म निर्वाचन कार्यालय काठमाण्डौमा निवेदन बुझाउन सक्नेछन् । प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका ,२०७९ को अनुसूची–४ अनुसार हरेक प्रदेशको लागि अलग अलग निवेदन पेस गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

एकल चुनाव चिह्न लिइ संयुक्त रुपमा चुनावमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन दिँदा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग अलग रुपमा निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा अधिकार प्राप्त व्यक्ति र ती दलहरुले निर्णय गरी अलग अलग व्यक्तिलाई अधिकार दिएकोमा अधिकार प्राप्त व्यक्तिहरुले संयुक्त हस्ताक्षर सहित निवेदन दिनुपर्ने व्यवस्था छ ।

दलबाट आएका निवेदन आयोगले १३ गते प्रकाशन गर्नेछ । भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ ।

आयोगको यस अघि बसेको बैठकले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अन्तर्गत राजनीतिक दलहरुले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्नेछ । त्यस्तै उम्मेदवारको बन्दसूचीबारे असोज २२ मा सूचना प्रकाशन गर्ने कार्यसूची छ । कात्तिक ९ गते बन्दसूचीको अन्तिम प्रकाशन गर्ने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०७९ भाद्र १०, ०७: ५०

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...

सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
  • २०७९ भाद्र १०, ०७: ५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास,...

तामाकोशी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
तामाकोशी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
  • २०७९ भाद्र १०, ०७: ५०

मन्थली : जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा...