रुसले गरेको रकेट आक्रमणमा २५ जनाको मृत्यु – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

रुसले गरेको रकेट आक्रमणमा २५ जनाको मृत्यु

एजेन्सी । युक्रेनको रेल स्टेसनमा रुसले गरेको रकेट आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । युक्रेनमाथि रुसले आक्रमण सुरु गरेको ६ महिना पुगेकै दिन पूर्वी सहर च्याप्लिनमा आक्रमणमा भएको हो ।

युक्रेनको पश्चिमी सहर च्याप्लिनमा आक्रमणका कारण ५ जनाको सवारीसाधनभित्रै जलेर मृत्यु भएको युक्रेनी अधिकारीले बताए । आक्रमणमा दुई जना ६ र एक जना ११ वर्षीय बालकले पनि ज्यान गुमाएका थिए ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा आक्रमणबारे जानकारी दिएका थिए । उनका अनुसार आक्रमणमा ३१ जना घाइते भएका छन् ।

परिषदमा बोल्ने तयारी गरिरहेको बेला च्याप्लिनमा गरिएको आक्रमणबारे थाहा पाएको बताउँदै जेलेन्स्कीले ‘चारवटा यात्रुवाहक सवारीसाधनमा आगलागी भएको’ बताए ।

मृतकहरूको संख्या बढ्न सक्ने जेलेन्स्कीको भनाइ छ । रुसी भने युक्रेनी सेनाको रेललाई लक्षित गरी आक्रमण गर्दा करिब दुई सय युक्रेनी सुरक्षाकर्मी मारिएका दाबी गरेको छ ।

‘चाप्लिन स्टेसनमा सैनिक रेललाई लक्षित गरी स्कन्दर क्षेप्यास्त्रबाट गरिएको आक्रमणमा युक्रेनी सशस्त्र फौजका दुई सय जनाभन्दा बढी सदस्य र १० वटा सैन्य सामग्री नष्ट भएका छन् ।

सम्बन्धित समाचार

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०७९ भाद्र १०, ०८: ०२

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
  • २०७९ भाद्र १०, ०८: ०२

काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...

नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
  • २०७९ भाद्र १०, ०८: ०२

काठमाडौं : गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताएका छन् । अनुसन्धानकर्ता प्रहरी र...