जनताको साथमा कांग्रेसको १५ दिने अभियान – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

जनताको साथमा कांग्रेसको १५ दिने अभियान

काठमाडौं । आउँदो चुनावलाई लक्षित गरी नेपाली कांग्रेसले आजदेखि १५ दिने ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ । पहिलो चरणको अभियान आजदेखि भदौ २४ गतेसम्म चल्ने नेपाली काँग्रेसले जनाएको छ । अभियानले आगामी निर्वाचनमा कांग्रेसलाई मात्र नभएर गठबन्धनलाई नै बलियो बनाउने लक्ष्य राखेको काँग्रेस नेता प्रकाशमान सिंहले बताए ।

‘अभियानले कुन ठाउँमा पार्टीको अवस्था के छ ? र कसरी सुधार गर्न सकिन्छ भन्ने तल्लो तहसम्म पुगेर छलफल गर्ने उनको भनाइ छ । ‘कांग्रेसप्रति जनताको अपेक्षा के रहेछ भनेर बुझ्ने र के गर्दा कांग्रेसप्रति जनताको विश्वास लिन सकिन्छ भन्नेबारे पनि बृहत् रूपमा छलफल गरिने सिंहले बताए ।

अभियानमा कांग्रेसको मात्र नभएर गठबन्धनमा रहेका अन्य दलको पनि अवस्था बुझ्ने र निर्वाचनमा कुन दललाई टिकट दिँदा जित्न सकिन्छ भन्ने विषय पनि उठाइने बताए । स्थानीय तहको निर्वाचनमा देखिएका आपसी द्वन्द्वलाई व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने काँग्रेसले नीति लिएको छ । प्रदेश कार्यसमितिले पनि प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाउने सिंहले बताए ।

गठबन्धनको अवस्थाका साथै कांग्रेसको सम्भावनाका बारेमा अभियान केन्द्रित हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताए । उनले भने, ‘यो अभियानले कांग्रेसलाई थप ऊर्जाशील र गतिशील बनाउँछ, अरू पार्टीसँग तालमेलको मोडेलका बारेमा पनि विशेष छलफल हुन्छ ।’ महरले स्थानीय तहको जस्तै यो अभियान पनि सबै वडासम्म पुग्ने बताए ।

महरले कांग्रेसले र गठबन्धनले जित्ने हरेक उपायका बारेमा अन्य दलसँग छलफल हुने जानकारी दिए । आगामी निर्वाचन कांग्रेसका लागि अवसर भएको कांग्रेस केन्द्रीय सदस्य धना खतिवडाले बताए । खतिवडाले स्थानीय तहको निर्वाचनबाट पार्टीले र गठबन्धनले पाठ सिकेकाले जहाँ जसको बलियो सम्भावना छ त्यसलाई आधार बनाउनुपर्नेमा जोड दिए ।

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जितेकालाई यो गठबन्धनबाट फेरि पनि टिकट दिनुपर्छ भन्ने तर्क व्यावहारिक नभएको जिकिर गरे । त्यति बेला र अहिलेको परिस्थिति फरक भएकाले सचेत रहन आग्रह गरे । अभियानले कांग्रेसका र गठबन्धनका समस्या र सम्भावनाका बारेमा छलफल गर्ने लुम्बिनी प्रदेशका कांग्रेस प्रवक्ता प्रचण्डविक्रम न्यौपानेले बताए ।

सम्बन्धित समाचार

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०७९ भाद्र १०, ०८: ३४

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...

सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
  • २०७९ भाद्र १०, ०८: ३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास,...

तामाकोशी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
तामाकोशी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
  • २०७९ भाद्र १०, ०८: ३४

मन्थली : जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा...