काठमाडौँ । पछिल्लो समयमा मनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहण सँगै नेकपा (एमाले) को केन्द्रीय कमिटी चौथो बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको छ ।
बैठकको थालनीमा अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो सचिवालय बैठकमा मनोनीत एकता प्रक्रियाबाट आएका जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, कार्य विभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन लगायत पेश गर्ने कार्यसूची रहेको छ ।
बैठकमा सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण तथा समसामयिक प्रस्ताव रहेका छन् ।
काठमाडौं : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को...
काठमाडौंः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट मुलुक नराम्ररी प्रभावित भएको वास्तविकता प्रस्तुत गर्दै त्यसलाई घटाउन बाह्य...
काठमाडौं ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा रहेका १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीको अवस्थाबारे जानकारी लिएका छन् । समाचार एजेन्सी एसोसिएटेड...