काठमाडौं । हराएको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइकल सहित काठमाडौंको रानीबारीबाट हिजो साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको थाक्रे गाँउपालिका ५ गौरीखर्क घर भई हाल काठमाडौंको बाफल बस्ने ३० बर्षीय रमित लामा रहेका छन् ।
मोटरसाइकलको वास्तविक नम्बर वाग्मती प्रदेश ०२–०२२प ३६ ६९ लाई परिर्वतन गरि वाग्मती प्रदेश ०२–०३१प ५८७ नम्बर राखी चलाउदै गरेको अवस्थामा भदौ ८ गते, बुधबार बेलुकी ७ बजेको समयमा उनलाई काठमाडौंको रानीवारी सडकबाट नियन्त्रणमा लिएको थियो ।
वाग्मती प्रदेश ०२–०२२प ३६ ६९ नम्बरको मोटरसाइकल चोरी भएको भनि धादिङको सल्यानकोट त्रिपुरासुन्दरी ४ घर भई हाल काठमाडौंको नागार्जुन गैरीगाँउ बस्ने दिपेन्द्र दाहालले २०७९ साल ५ वैशाखमा प्रहरी वृत्त स्वयम्भुमा लिखित निवेदन दिएका थिए । चोरीको मोटरसाइकल खोजतलास गर्न भनि वृत्त स्वयम्भुबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएको पत्रानुसार मोटरसाईकल खोजी गर्ने क्रममा, चोरीमा संलग्न व्यक्तिहरुको सुचना संकलन गरि निग्रानी गर्दा लामालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
पक्राउ परेका लामालाई आवश्यक कारवाहीको लागी आज प्रहरी वृत्त स्वयम्भु पठाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरकेको प्रहरी बताएको छ ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...
धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...