स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सिट बाँडफाँट हुनुपर्छ : नेता कोइराला – Naya Bikalpa
March 16, 2025, Sunday

स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सिट बाँडफाँट हुनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताएका हुन् ।

उनले भने ‘स्थानीय निकायको निर्वाचनमा पाएको सङ्केत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ ।’ कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उनको थियो । गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो । अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उनले गठबन्धनका दल सहमतिमा आउने जनाए ।

निर्वाचनमा कांग्रेस होमिएको भन्दै उनले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको क्यालेन्डर तयार
प्रतिनिधिसभाको चैत १५ गतेसम्मको क्यालेन्डर तयार
  • २०७९ भाद्र १०, १४: ०५

काठमाडौं : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को...

राज्य सञ्चालकको स्वच्छाचारिताले देश अप्ठ्यारोमा : समाजवादी मोर्चा
राज्य सञ्चालकको स्वच्छाचारिताले देश अप्ठ्यारोमा : समाजवादी मोर्चा
  • २०७९ भाद्र १०, १४: ०५

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित ४ दल आवद्ध समाजवादी मोर्चाले राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण...

नेकपा एसको ‘समाजवादी अभियान’ सुरु
नेकपा एसको ‘समाजवादी अभियान’ सुरु
  • २०७९ भाद्र १०, १४: ०५

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ । आगामी वैशाख...