काठमाडौं । काठमाडौँ महानगरले त्रिपुरेश्वरस्थित राहदानी विभाग पार्किङ खाली गराएको छ । शुक्रबार मेयर बालेन शाहको उपस्थितिमा विभागको भवनमा रहेको अण्डर ग्राउण्ड पार्किङ खाली गराएको हो ।
ट्राफिक व्यवस्थापनका लागि महानगरले अण्डर ग्राउण्ड पार्किङ व्यवस्थापन गर्न जोड दिँदै आएको छ । अनुगमनका लागि महानगरको टोली शुक्रबार राहदानी विभागको कार्यालय पुगेको थियो ।
त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।
पार्किङका लागि बनाइएको ठाउँमा राहदानी विभागले सेवाग्राहीलाई बस्न दिने ठाउँ बनाएको थियो ।
राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भीड लाग्ने तर पार्किङका लागि गल्लीको भर पर्नुपर्ने भएपछि महानगरले चासो दिएको हो । विभागले बनाएको बेसमेन्टलाई ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहेको पाइएको छ ।
जुन संरचना अवैध रहेको महानगरले बताएको छ । पार्किङ प्रयोजनको लागि नक्सा पास भएको क्षेत्र अन्यमा प्रयोग गर्नु अवैधानिक भएकाले पहिलो पटक हटाउनका लागि महानगरले चेतावनी दिएको छ ।
काठमाडौं महानगरले पछिल्लो समय पार्किङ व्यवस्थापनमा जोड दिइरहेको छ ।
घर तथा भवन बनाउँदा नक्सा पास गर्दा पार्किङ रहने भने पनि ती ठाउँमा व्यापारलगायत गर्ने गरेको पाइएपछि महानगरले ती संरचना हटाउन थालेको हो ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...
धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...