वर्किङ भिसामा क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने युवक काँडाघारीबाट पक्राउ – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

वर्किङ भिसामा क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने युवक काँडाघारीबाट पक्राउ

काठमाडौं । क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका-५ घर भई हाल काठमाडौंको भीमसेनगोलामा बस्‍ने ३८ वर्षीय शान्त कुमार देवान रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागको टोलीले कागेश्वरी मनहरा नगरपालि काँडाघारीबाट पक्राउ गरेको हो ।

उनले पीडित गोकुल भण्डारीलाई वर्किङ भिसामा क्रोएसिया पठाइदिन्छु भनी २ लाख रुपैयाँ रकम ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका देवानलाई कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित समाचार

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०७९ भाद्र १०, १५: ३२

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
  • २०७९ भाद्र १०, १५: ३२

काठमाडौं : गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताएका छन् । अनुसन्धानकर्ता प्रहरी र...

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह
  • २०७९ भाद्र १०, १५: ३२

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका...