शुक्रबार पनि ओरालो यात्रामा नेप्से, एक अर्ब माथिको कारोबार – Naya Bikalpa
September 7, 2024, Saturday

शुक्रबार पनि ओरालो यात्रामा नेप्से, एक अर्ब माथिको कारोबार


काठमाडौं । नेप्से साताको कारोबारको अन्तिम दिन शुक्रबार दोहोरो अंकले घटेको छ । आज नेप्से १६.९३ अंकले घटेर दुई हजार २२ दशमलब ६२ विन्दुमा रोकिएको छ । आज नेप्सेमा एक अर्ब २९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयरमूल्य आज ५.९५ अंकले बढेर प्रतिकित्ता १४४५ रुपैयाँ पुगेको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ५।३८ प्रतिशतले बढेर प्रतिकित्ता ३८४ रुपैयाँ पुगेको छ ।

आज पञ्चकन्यामाइ हाइड्रोपावर र कालिका पावर कम्पनीको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावरको भएको छ । आज यस कम्पनीको ६ करोड ६८ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएको छ ।

सम्बन्धित समाचार

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०७९ भाद्र १०, १५: ४३

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०७९ भाद्र १०, १५: ४३

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...

अर्थ समितिको बैठक आइतबार बस्ने
अर्थ समितिको बैठक आइतबार बस्ने
  • २०७९ भाद्र १०, १५: ४३

काठमाडौं : संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने...