काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६७३ जनाको पीसीआर परीक्षण गर्दा १६३ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जनामा संक्रमण देखिएको मन्त्रालयको जनाएको छ । यस दिन कोरोनाबाट एक जनाको मृत्यु भएको छ ।
यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका छन् ।
कास्की : पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक...
बुटवल । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्नुपर्ने बताएका छन्।बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै...
काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ ।...